नेपालबाट भारतमा बिजुली निर्यात १०१०.९ मेगावाट पुग्यो | Khabarhub Khabarhub

ऊर्जा व्यापार

नेपालबाट भारतमा बिजुली निर्यात १०१०.९ मेगावाट पुग्यो

दिल्लीको नयाँ लिस्टमा यी पाँच आयोजना


२७ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भारतले नेपालबाट लैजाने बिजुलीको परिमाण १०१०.९ मेगावाट पुर्‍याएको छ । यसअघि विभिन्न आयोजनाबाट उत्पादित ८१०।९ मेगावाट बिजुली लगिरहेको भारतले नेपालसँग थप २०० मेगावाट बिजुली मागेको हो ।

नेपाल विद्युत प्राधिकरणले दिएको जानकारी अनुसार, नेपालबाट थप २०० मेगावाट बिजुली पठाउन भारतले सहमति दिएको छ । पाँच जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली आयातका लागि भारत सरकारले अनुमति दिएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

चीनसँगको टकरावका कारण आफैँले चिनियाँ सङ्लग्नता बिनाका आयोजना छानेर बिजुली लैजाने गरेको नयाँ दिल्लीले काठमाडौँलाई आफूकहाँ बिजुली पठाउने थप पाँच आयोजनाको लिस्ट पनि स्वीकृत गरेको छ । लोअर सोलु, सुपर काबेली ए, ठूलो खोला, लिखु खोला ए र लिखु-२ आयोजनाबाट उत्पादित बिजुली भारतले लैजाने भएको हो ।

भारतले थप २०० मेगावाट विद्युत आगामी अक्टोबर ३१ सम्म लैजानेछ । स्वच्छ ऊर्जा उपलब्धतामा दबाब खेपिरहेको भारतले त्यसपछि पनि नेपालको निर्यात क्षमता कायम रहेमा विद्युत आयातमा निरन्तरता दिने प्राधिकरणका अधिकारीहरूले बताएका छन्‌ ।

नेपालले भारतमा बिजुली निर्यात गरी गत आर्थिक वर्ष २०८१र८२ मा १७ अर्ब ४७ करोड रुपैयाँ आम्दानी गरेको छ । विद्युत निर्यात परिमाण बढेकाले आम्दानी पनि बढ्ने प्राधिकरणले अनुमान गरेको छ ।

नेपालले बङ्गलादेशलाई पनि भारतीय प्रसारणलाइन हुँदै गएको जेठ मसान्तदेखि ४० मेगावाट बिजुली पठाइरहेको छ ।

प्रकाशित मिति : २७ श्रावण २०८२, मंगलबार  १ : ५८ बजे

अर्थमन्त्री खनाल र एसियाली विकास बैंकका अध्यक्षबीच भेट

वाशिङ्टन डिसी – विश्व बैंकको वार्षिक बैठकमा भाग लिन अमेरिकामा

इजरायलले बन्धकको अवशेष फिर्ताका लागि दबाब दिन सीमा नाकामा पुनः कडाइ

जेरुसलेम – गाजा र इजिप्टबीचको सहायता मार्ग राफा सीमा बुधबार

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको सटहीदर

आज विश्व खाद्य दिवस मनाइदै

काठमाडौं – सरकारले विश्वव्यापी रूपमा स्वच्छ, पोषणयुक्त सन्तुलित भोजनको महत्त्वबारे

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल असोज ३० गते बिहीबार। कात्तिक