धनकुटाको हिलेमा सुरू भयो एमाले कोशी प्रदेश कमिटीको सातौँ बैठक « Khabarhub

धनकुटाको हिलेमा सुरू भयो एमाले कोशी प्रदेश कमिटीको सातौँ बैठक


२७ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

धनकुटा- नेकपा (एमाले) कोशी प्रदेश कमिटीको सातौँ बैठक धनकुटाको हिले बजारमा सुरू भएको छ ।

एमाले महासचिव शंकर पोखरेलले उक्त बैठकको मंगलबार उद्घाटन गरेका छन् । बैठकमा प्रदेश कमिटी अध्यक्ष घनश्याम खतिवडाले विभिन्न प्रस्ताव पेश गरेका छन् ।

बैठकमा पार्टी कोशी प्रचार तथा प्रकाशन विभागले प्रत्येक दिन साँझ ७ बजे समाचार बुलेटिन प्रशारण गर्ने गरी सूर्य समाचार सुरुवात थालिएको छ ।

यस बैठकमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई एमालेमा रोक लगाउने गरी साउन ५-६ को केन्द्रीय कमिटीको निर्णय कार्यान्वयन गर्न जारी गरिएको अन्तरपार्टी निर्देशन-१२ प्रदेश कमिटी सचिव राजकुमार भन्डारीले वाचन गरेका छन् ।

उनले अपानिअनुरुप चल्न पनि सबै सदस्यलाई निर्देशन दिएका छन् । यो बैठक साउन २७ र २८ गते दुई दिन चल्ने भएको छ ।

प्रकाशित मिति : २७ श्रावण २०८२, मंगलबार  २ : ३५ बजे

पर्यटक र तीर्थयात्रीको सहजताका लागि शिवधारा क्षेत्रमा स्वास्थ्यकर्मीको टोली परिचालन

सङ्खुवासभा – सङ्खुवासभाको मकालु गाउँपालिकाअन्तर्गत मकालु आधार शिविर तथा धार्मिकस्थल

अमेरिकी बालबालिकाको गोपनीयतासम्बन्धी मुद्दामा टिकटकले ४० करोड डलर तिर्न सहमत

सान फ्रान्सिस्को – भिडियो सेयरिङ प्लेटफर्म टिकटकले सङ्घीय बालबालिकाको गोपनीयतासम्बन्धी

गरिमाका बाबुआमासँग गृहमन्त्रीको वार्ता सुरु

काठमाडौं- गृहमन्त्री सुधन गुरुङ र गरिमा चौधरीको बुवाआमाबीच वार्ता सुरु

बङ्गलादेशसँग नेपाल ‘ए’ नौ विकेटले पराजित

काठमाडौं- अष्ट्रेलियामा जारी ‘टप इन्ड टी–२० क्रिकेट सिरिज’मा नेपाल ‘ए’