वैदेशिक रोजगारीबाट फर्केर केराखेती गरेका युवाको कमाइ वार्षिक १८ लाख « Khabarhub

वैदेशिक रोजगारीबाट फर्केर केराखेती गरेका युवाको कमाइ वार्षिक १८ लाख


२७ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– वैदेशिक रोजगारीबाट फर्केका शुक्लाफाँटा नगरपालिका–१२ कालागौंडीका मोहन राना नौ वर्षदेखि व्यावसायिक केराखेती गर्दै आएका छन् । वार्षिक रूपमा उनले १५ लाखदेखि २० लाख रुपैयाँसम्मको बारीमा उत्पादित केरा बिक्री गरी आम्दानी लिँदै आएका छन् ।

दुई बिघा भाडामा र एक बिघा स्वामित्वको गरी तीन बिघा जग्गामा रानाले केराखेती गरेका छन् । केरा बारीमा नौ जातको बढी उत्पादन दिने केरा रोपिएको छ ।

गत वर्ष रानाले १८ लाख रुपैयाँको केरा बिक्री गरेका थिए । केराखेतीका लागि यस वर्ष प्रतिकूल मौसम भएकाले उत्पादन गत वर्षको भन्दा बढी हुनेमा राना ढुक्क छन् । बारीमा उत्पादित केरा दसैँ–तिहारमा बिक्री गर्ने योजना रानाको रहेको छ ।

‘दशैँ–तिहारका बेला केराको माग उच्च हुन्छ’, उनले भने, ‘मूल्य पनि सोचेअनुसार नै पाइन्छ, त्यै भएर यसै समयमा केरा बिक्रीका लागि तयार गर्दै आएका छौँ ।’

व्यापारीले गाडी लिएर बारीमै पुगेर हातो हात पैसा दिएर केरा खरिद गरेर लैजाने गरेको रानाले बताए । थोकमा केराको प्रतिघडी ५०० देखि ६०० रुपैयाँमा बिक्री हुने गरेको छ । प्रतिघडीमा १० देखि १५ दर्जन बढी केरा उत्पादन हुने गरेको छ । केराखेतीका लागि रासायनिक मल, बिषादी, सिँचाइ र कामदारको ज्याला गरी रु चार लाख जतिको खर्च आउने गरेको छ । 

बारीमा रोपिएका केराको गोडमेललगायतको कार्यका लागि मौसमी रूपमा १० देखि १२ जना कामदारलाई उनले रोजगारी पनि दिँदै आएका छन् ।

‘घरमा रोजगारी उपलब्ध नभएपछि केही वर्ष भारतमा काम गरे’, उनले भने, ‘त्यसपछि तीन वर्ष मलेसियामा बसेर काम गरे, विदेशमा काम गरेर घर खर्च मात्रै चल्थ्यो, बचत गर्न सकिँदैनथ्यो, त्यै भएर घर फर्केर सुरुमा चार कट्ठा जग्गामा परीक्षणका रूपमा केराखेती गरे ।’
 
त्यसले राम्रो उत्पादन दिएपछि खेतीलाई व्यावसायिक बनाउन हौसिएको उनी बताउँछन् । जग्गाको क्षेत्रफल बढाउँदै लगेर आम्दानी बढ्दै गएको छ ।

अहिले खर्च कटाएर वर्षमा १० लाख रुपैयाँ जति रकम बचत हुने गरेको उनले बताए । कहिलेकाहीँ हावाहुरी, जङ्गली हात्तीले केराखेतीमा क्षति पुर्‍याउने बाहेक अन्य नोक्सान भने अरू बाली जस्तो नहुने गरेको उनी बताउँछन् ।
 
श्रीमान् श्रीमती दुवै जना दिनको आठ घण्टाभन्दा बढी समय केराको स्याहारसुसारमै बिताउने गरेको उनको भनाइ छ ।

शुक्लाफाँटा–१२ का वडाध्यक्ष नवलसिंह रानाले मोहनलाई नगरपालिका क्षेत्रमा व्यावसायिक केराखेती गर्ने अब्बल किसानका रूपमा रहेको बताए ।

‘मोहनले न केवल आफ्नो परिवारलाई आत्मनिर्भर बनाएका छन्’, उनले भने, ‘गाउँका अन्य युवालाई पनि प्रेरणा दिएका छन् ।’ रासस

प्रकाशित मिति : २७ श्रावण २०८२, मंगलबार  ३ : ४७ बजे

चीन भ्रमण सकेर परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको चारदिने औपचारिक भ्रमण सम्पन्न

इरान-अमेरिका द्वन्द्वपछि युएईका एयरलाइन्सले घोषणा गरे विस्तारित यात्रा बीमा योजना

काठमाडौँ । मध्यपूर्वमा जारी द्वन्द्वको प्रभावपछि यात्रुलाई आकर्षित गर्न संयुक्त

तुइन खोलामा पहिरो, नारायणगढ-मुग्लिन सडक एकतर्फी अवरुद्ध

काठमाडौँ । नारायणगढ– मुग्लिन सडकखण्ड अन्ततर्गत तुइन खोलामा पहिरो खस्दा

सरकारलाई ‘पापड’को खबरदारी

काठमाडौं । शान्ति र लोकतन्त्रका लागि पेसागत सञ्जाल (पापड) ले

बिहे गरेर अमेरिका लैजाने भनी ठगी गर्ने दम्पती पक्राउ

काठमाडौं – बिहे गरेर अमेरिका लैजाने लोभमा पर्नुभएको छ ?