तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक समितिमा पठाइयो  « Khabarhub

तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक समितिमा पठाइयो 


२७ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभाले तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ लाई दफावार छलफलका लागि समितिमा पठाएको छ । 

सभाको आजको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले राष्ट्रियसभामा उत्पत्ति भएको सो विधेयकलाई सम्बन्धित समितिमा पठाइयोस् भनी राखेको प्रस्ताव सर्वसम्मतिबाट स्वीकृत भएको हो ।
 
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले ‘राष्ट्रिय दलित आयोगको चौथो वार्षिक प्रतिवेदन आव २०८०-०८१’ पेस गरे।
 
बैठकले पूर्वराज्यमन्त्री खड्गबहादुर बस्यालको निधनमा शोक प्रस्ताव पारित गरेको छ । उनी नेपाली कांग्रेस पार्टीबाट विसं २०६४ र २०७० को संविधानसभा सदस्य थिए। प्रजातन्त्र र लोकतन्त्र स्थापना एवं संविधान निर्माणमा अग्रणी भूमिका निर्वाह गरेका बस्यालको यही साउन २३ गते ७४ वर्षको उमेरमा निधन भएको थियो । 

प्रतिनिधिसभाको अर्को बैठक यही साउन २८ गते बुधबार अपराह्‍न १ बजे बस्नेछ ।
–

प्रकाशित मिति : २७ श्रावण २०८२, मंगलबार  ६ : १३ बजे

ओठमा गुलाब, अनुहारभरि रगत अनि आँखामा रिस !

काठमाडौं– बलिउडका ‘किङ खान’ शाहरुख खान यसपटक प्रेमी र हत्याराको

कर्णालीले गुमायो आठौँ विकेट

काठमाडौं– नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

ह्यारी केनलाई विराट कोहलीको बधाई

काठमाडौं – इङ्ल्यान्डका फुटबल खेलाडी ह्यारी केनले विश्वकै उत्कृष्ट फुटबल

कर्णालीले गुमायो सातौँ विकेट, कप्तान कामी आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

कर्णालीले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली