लापसे गरी सवारी चलाएका नौ चालक बनेपा प्रहरीको नियन्त्रणमा « Khabarhub

लापसे गरी सवारी चलाएका नौ चालक बनेपा प्रहरीको नियन्त्रणमा


२७ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


339
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – लागुपदार्थ सेवन (लापसे) गरी सवारीसाधन चलाइरहेका नौ चालकलाई इलाका प्रहरी कार्यालय बनेपाले नियन्त्रणमा लिएको छ ।

आज (मङ्गलबार) दिउँसो ११:३५ देखि बेलुकी २:३० सम्म बनेपा नगरपालिका-१४, साँगा स्थित अरनिको राजमार्ग सडक खण्डमा नेपाल प्रहरी प्रदेश कार्यालय बनेपा काभ्रे, इ.प्र.का. बनेपा काभ्रे, जिल्ला ट्राफिक प्रहरी कार्यालय बनेपा र शिर मेमोरियल अस्पतालबाट खटिएको संयुक्त टोलीले चेकजाँच गरेको थियो ।

यात्रुबाहक सवारीसाधन चलाइरहेका ४० चालकहरुलाइ लागुपदार्थ सेवन गरे/नगरेको सम्बन्धमा चिकित्सक सहितको स्वास्थ्यकर्मीहरुको टोलीले ड्रग्स किट्सको माध्यमबाट पिसाब परीक्षण गरेको थियो ।

सो क्रममा नौ जना चालकहरूले लापसे गरेको प्रमाणित भएको थियो । लापसे गरेका चालकहरूलाई नियन्त्रणमा लिइ थप अनुसन्धान र मुद्दा दायर निम्ति काभ्रेपलाञ्चोक जिल्ला अदालतबाट प्रहरीले पाँच दिन थप म्याद लिएको जानकारी दिएको छ ।

प्रकाशित मिति : २७ श्रावण २०८२, मंगलबार  १० : २० बजे

स्थानीय तहलाई उन्नत बीउ उत्पादनमा अनुदान लिन आह्वान

काठमाडौं– कृषि विभागले उन्नत बीउ उत्पादनमा प्रोत्साहन अनुदान कार्यक्रममा सहभागी

सञ्चारमन्त्रीले गरे सुरक्षण मुद्रणको निरीक्षण : २४ घण्टामै लाइसेन्स छापिने

काभ्रे – सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले काभ्रेको

मातातीर्थ औँसीमा प्रधानमन्त्री बालेन शाहको शुभकामना- नेपाल आमा हाँसेको हेर्न चाहन्छु

काठमाडौं– प्रधानमन्त्री बालेन शाहले मातातीर्थ औँसीको अवसरमा सम्पूर्ण आमाहरूमा शुभकामना

मातातीर्थमा श्रद्धालुको भीड (तस्बिरहरू)

काठमाडौं– प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औंसीका दिन मनाइने ‘आमाको मुख

जनकपुर रिफाइनरीमा आगलागी, पन्ध्र करोड बराबरको क्षति

धनुषा– मिथिला नगरपालिका–७, ढल्केबरस्थित जनकपुर रिफाइनरीमा आगलागी भएको छ ।