जवाफदेही निकाय जिम्मेवार नभए गालीमात्रै गर्नेको वाहवाही : प्रधानमन्त्री ओली « Khabarhub

जवाफदेही निकाय जिम्मेवार नभए गालीमात्रै गर्नेको वाहवाही : प्रधानमन्त्री ओली


२८ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफदेही निकाय सधैँ जिम्मेवार हुनुपर्ने बताएका छन् ।

बुधबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै ओलीले जवाफदेही निकायले जिम्मेवारी बहन नगर्दा काम गर्नेले पनि गाली खाने स्थिति आउने उल्लेख गरेका छन् । 

उनले जवाफदेही निकायले जिम्मेवारी बहन नगर्दा गालीमात्रै गर्नेले वाहवाही कमाउने स्थिति आउने बताएका छन् । 

हरेक सरकारी निकाय आफ्नो परिभाषित काममा आफैँ जवाफदेही हुनु पर्नेमा उनको जोड छ । उनले भनेका छन्,– ‘नागरिकको समस्यामा सरकार चुप लागेर बस्न मिल्दैन ।’

अहिले किसानले मल पाएनौँ भनिरहेकाले त्यसको परिभाषित जिम्मेवारी लिएका निकायले तत्काल समस्या सम्बोधन गर्नुपर्ने उनको धारणा छ ।

‘यो गुनासो तत्काल समाधान गर्न हिजो सम्बन्धित निकायका पदाधिकारीलाई निर्देशन दिएको छु, सम्बन्धित निकायलाई जनस्तरबाट पनि खबरदारी भइरहोस्, समस्या हेरेर बस्ने होइन, समाधान गर्ने हो’, उनले लेखेका छन् ।

प्रकाशित मिति : २८ श्रावण २०८२, बुधबार  १० : ५६ बजे

दशैंपछि मुक्तिनाथ मन्दिरमा दर्शनार्थी बढे

मुस्ताङ – हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको धार्मिक साझा तीर्थस्थल मुक्तिनाथ

बङ्गलादेशमा एकै दिनमा दुई हजारभन्दा बढीमा डेङ्गु सङ्क्रमण

ढाका – बङ्गलादेशमा आइतबार बिहानसम्मको २४ घण्टामा दुई हजार २४९

एनपीएल हेर्न ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणलाई लक्षित गर्दै

दसैँमा ६४२ चेलीले लिए निःशुल्क यातायात सेवा

खोटाङ – जिल्लामा क्रियाशील युवा समूहले सञ्चालन गरेको ‘दसैँ, तिहार,

कर्णालीमा सवारी कारबाहीबाट १२ दिनमा १२ लाख राजस्व सङ्कलन

कर्णाली – कर्णाली प्रदेशमा सवारी कारबाहीबाट १२ दिनमा रु १२