विद्युत उत्पादनको क्षमता हेरेर प्रसारण लाइन निर्माण : ऊर्जामन्त्री खड्का  « Khabarhub

विद्युत उत्पादनको क्षमता हेरेर प्रसारण लाइन निर्माण : ऊर्जामन्त्री खड्का 


२८ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले विद्युत उत्पादनको क्षमता हेरेर प्रसारण  लाइन निर्माणमा लाग्नुपर्ने बताएका छन् ।

राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडको १०औँ वार्षिकोत्सवमा मङ्गलबार साँझ आयोजित कार्यक्रममा बोल्दै मन्त्री खड्काले विद्युत उत्पादन हुने विभिन्न नदीको उत्पादन क्षमता हेरेर प्रसारण लाइन निर्माणमा लाग्नुपर्ने बताएका हुन् ।

‘कुन करिडोरमा कति क्षमतामा विद्युत उत्पादन हुन्छ, त्यसको यकिन गरेर विद्युत प्रसारण लाइन निर्माण गर्नुपर्छ, जसले गर्दा एउटै जग्गा र वन अधिग्रहण गरे पुग्छ’, उने भने । उनले जलविद्युत उत्पादन गर्दैगर्दा वातावरणीय असरलाई पनि ख्याल गर्नुपर्ने उल्लेख गरे ।

ऊर्जामन्त्री खड्काले मुलुकको मुख्य आयस्रोतको मेरुदण्डको रुपमा उर्जा क्षेत्रलाई लिएको बताए । १० वर्षका लागि उर्जा विकासको खाका सरकारले अगाडि बढाएको भन्दै उक्त खाकालाई पुरा गर्न ग्रीड कम्पनीको महत्वपूर्ण भूमिका रहेको बताए ।

मन्त्री खड्काले सबैभन्दा छिटो मुलुकको आर्थिक विकास र अर्थतन्त्र चलायमान हुने क्षेत्र ऊर्जाक्षेत्र भएकाले निजी क्षेत्रलाई साथमा लिएर सरकार उर्जा विकासमा लागिरहेको स्पष्ट पारे ।

विद्युत नियमन आयोगका अध्यक्ष डा. रामप्रसाद धितालले प्रसारण प्रणालीलाई खुला पहुँच सुनिश्चित गर्न सरकार प्रतिवद्ध रहेको बताए । उनले प्रसारण लाइनमा ह्वीलिङ शुल्क निर्धारण गर्न नियमन आयोगले काम गरिरहेको उल्लेख गरे ।

उर्जा सचिव एवम् राष्ट्रिय प्रसारण ग्रीड कम्पनी लिमिटेडका अध्यक्ष सुरेश आचार्यले ग्रीड कम्पनीलाई देशको समग्र प्रसारण प्रणाली निर्माण, विकास, आधुनिकीकरण र सञ्चालनमा नेतृत्वदायी संस्थाका रुपमा विकास गरी देशको उर्जा आपूर्ति र उर्जा व्यापारको सशक्त संवाहक बनाउन जरुरी रहेको बताए ।

लगानी बोर्डका कार्यकारी निर्देशक सुशील ज्ञवाली, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले उर्जा क्षेत्रको विकासका लागि तीनै तहका सरकारबीच समन्वय आवश्यक रहेको बताए ।

प्रकाशित मिति : २८ श्रावण २०८२, बुधबार  ११ : ०८ बजे

पर्साको दुई निर्वाचन मतदानस्थल अनुगमन बाँकी

पर्सा– जिल्ला सुरक्षा समितिले पर्साको १६५ मतदानस्थलको अनुगमन तथा निरीक्षणको

उच्च पहाडी तथा हिमाली भेगका एकदुई स्थानमा हिमपातको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अमेरिकामा हिमपातले जनजीवन अस्तव्यस्त, ६ लाख घरमा विद्युत अवरुद्ध

काठमाडौं – अमेरिकाको पूर्वी तटीय क्षेत्रमा भएको हिमपातका कारण जनजीवन

विश्वकपः सुपर एटमा आज पाकिस्तान र इंग्ल्यान्ड भिड्दै

काठमाडौं– आईसीसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत सुपर–८ अन्तर्गत मंगलबार एउटा

प्रिमियर लिग : एभर्टनलाई हराउँदै म्यानचेस्टर युनाइटेड विजयी

काठमाडौं – मंगलबार बिहान सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेड विजयी भएको