जबरजस्ती करणी मुद्दाका कैदी सुनसरी कारागार कार्यालयबाटै फरार  « Khabarhub

जबरजस्ती करणी मुद्दाका कैदी सुनसरी कारागार कार्यालयबाटै फरार 


२८ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


384
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जबरजस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका एकजना कैदी सुनसरी कारागार कार्यालय झुम्काबाट फरार भएका छन् । 

खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका निवासी २८ वर्षीय रूपक पौडेल खत्री कारागारको पर्खाल चढेर मंगलबार राति फरार भएको सुनसरी प्रहरीले जनाएको छ ।

फरार भएका पौडेलको अहिले सशस्त्र प्रहरीको सुरक्षा बेस झुम्का र नेपाल प्रहरीको संयुक्त टोली खोजी गरिरहेको छ । तर अहिलेसम्म उनी भेटिएका छैनन् ।

कैदी भागेपछि अहिले सुनसरीस्थित प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा अधिकारीहरूको बैठक बसिरहेको छ ।

यसअघि पनि उक्त कारागारबाट १२ जना कैदी फरार भएका थिए । त्यसबेला १२ जना कैदीहरू २०६९ कात्तिक २३ गते राति सुरुङ खनेर झुम्का कारागारबाट फरार भएका थिए ।

प्रकाशित मिति : २८ श्रावण २०८२, बुधबार  ११ : २४ बजे

झिनो अंकले बढ्यो नेप्से, १३४ कम्पनीको सेयर मूल्य बढ्यो

काठमाडौं– आइतबार र सोमबार ओरालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मंगलबार

प्रभावकारी बन्दै दिगो वन व्यवस्थापन कार्यक्रम

चन्द्रपुर– रौतहटका सामुदायिक वनमा दिगो वन व्यवस्थापन कार्यक्रम प्रभावकारी बन्दै

जापानका पूर्वसम्राट अकिहितोको स्वास्थ्य स्थिर

एजेन्सी – जापानका पूर्वसम्राट अकिहितोको हृदयसम्बन्धी अवस्था स्थिर रहेको दरबारका

बालेनसँगको भेटबारे रवि : सबै वैकल्पिक शक्तिहरूलाई एक ठाउँमा ल्याउँछौँ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले काठमाडौं