माया–प्रेमले निम्तिन सक्छ डिप्रेसन: मनोचिकित्सक डा वझा « Khabarhub

माया–प्रेमले निम्तिन सक्छ डिप्रेसन: मनोचिकित्सक डा वझा


१५ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

भनिन्छ –संसार माया र विश्वासमा अडिएको हुन्छ । तर त्यहि माया र विश्वासका बीच आउन सक्ने विभिन्न आरोह-अवरोह र समस्याहरुलाई सहिरुपमा समाधान गर्न सकिएन भने माया पनि रोग बन्न पुग्छ । प्रेमलाई बुझ्ने वा बुझाउने तरिका गतल हुँदा मानिसहरु माया पाउने चाहना वा माया गुमाएको वहानामा रोगको सिकार बन्न पुग्छन् ।

प्रेम सम्बन्ध र जीवनलाई सहिरुपमा सुचारु गर्न नसक्दा कतिपय प्रेमी वा प्रेमीकाहरु मनोसामाजिक समस्याको सिकार बन्न पुग्छन् । जसले गर्दा उनीहरुको प्रेम जीवन मात्रै होइन सबैकुरामा नकारात्मक असर पर्छ । प्रेमी प्रेमीकाबीच प्रेमलाई बुझ्ने र गर्ने तरिका फरक हुँदा उनीहरु डिप्रेसनको सिकार बन्न पुग्ने वरिष्ठ मनोचिकित्सक डाक्टर सरोज वझा बताउँछन् ।

‘प्रेम सबैको लागि महत्पूर्ण हुन्छ, तर पनि कतिपयमा यही प्रेमको कारण नकारात्मक प्रभाव परेको हुन्छ,’ डा । वझाले भने, ‘धेरैजसोमा प्रेममा धोका भएपछि मनोसामाजिक समस्या देखिन्छ ।’

प्रेम सम्बन्ध बिग्रिए मनोवैज्ञानिक समस्याबाट पीडित भएका युवायुवतीहरु धेरै भएको डा वझाको भनाइ छ । ‘प्रेममा धोका खानेहरुमा डिप्रेसन हुने समस्या रहेको हुन्छ’ डा वझाले भने, ‘प्रेममा धोका पाएपछि युवतीहरुमा डिप्रेसनको समस्या हुने र युवाहरुमा रक्सी सेवन गर्ने बानी पनि बस्न सक्छ ।’

प्रेममा धोका पाएपछि युवतीहरुमा डिप्रेसनको समसया बढी रहेको डा वझाको भनाइ छ ।

डिप्रेसनको लक्षण

–दैनिक काम गर्न नसक्ने,

–काममा ध्यान नजाने,

–स्मरण शक्ति कमजोर भएको महशुस हुने,

–निद्रा नलाग्ने,

–भोक नलाग्ने,

–मन उदास हुने,

–कुनै कुरामा पनि खुशी नहुने,

–बाच्नु नै व्यर्थ लाग्न थाल्ने ।

प्रेम सम्बन्ध बिग्रंदा १५ देखि २५ वर्ष उमेरसमूहका युवायुवतीमा यस्तो समस्या बढी रहेको डा वझाले बताए । विभिन्न कारणले प्रेम सम्बन्धमा समस्या हुँदा तनाव नियन्त्रण गर्न नसक्दा उनीहरुमा कडा खालको डिप्रेसन समेत हुनसक्ने डा वझाको भनाइ छ ।

प्रेमविना मानिसको जीवन अधुरो हुने भएकाले प्रेममा समस्या आएमा सम्बन्ध बिगार्न भन्दा पनि समस्या पहिचान गरी त्यसको समाधान गर्न डा वझाको सुझाव छ ।

डिप्रेसनबाट बच्न यस्तो गर्नुस्

–तनावलाई सकारात्मक रुपमा लिने,

–आफूलाई आइपर्ने समस्यामा चिन्ता नलिने,

–समस्या समाधानको उपाय सोच्ने,

–निष्क्रिय जीवनशैलीलाई त्याग्ने,

–मनोरोगलाई भयानक रुपमा नलिने,

–सामाजिक कार्यमा सक्रिय हुने,

–मानसिक समस्या भएको संकेत देखिएमा चिकित्सकसँग परामर्श लिने,

– पर्याप्त आराम र स्वास्थ्यकर जीवनशैली अपनाउने ।

प्रकाशित मिति : १५ आश्विन २०७६, बुधबार  ४ : ०१ बजे

इङ्ग्ल्यान्डको बराबरीमा टिभी केबलले भूमिका खेलेको भन्दै नर्वेका प्रशिक्षक रूष्ट

ओस्लो- नर्वेका मुख्य प्रशिक्षक स्टाले सोलबाकेनले इङ्ग्ल्यान्डविरुद्ध भएको विश्वकप क्वार्टरफाइनलमा

कलाकार दीपाश्रीलाई ब्रेन ट्युमर : नेपालमै गरियो शल्यक्रिया

काठमाडौं- कलाकार दीपाश्री निरौलालाई ब्रेन ट्युमर भएको छ। उनका साथीसमेत

गणेश नेपालीको परिवारलाई मोहन बस्नेतले दिए एक लाख सहयोग, दिए छोरीलाई पढाउने आश्वासन

काठमाडौं- नेपाली कांग्रेसका नेता मोहन बस्नेतले त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आफ्नै

पाकिस्तानद्वारा अमेरिका र इरानलाई संयमता अपनाउन आग्रह

इस्लामावाद- पाकिस्तानका उपप्रधानमन्त्री तथा विदेशमन्त्री इसहाक दारले अमेरिका र इरानलाई

३ प्रतिशत शिक्षा सेवा शुल्क खारेज गर्न निजी विद्यालय सञ्चालकहरूको माग (संयुक्त विज्ञप्तिसहित) 

काठमाडौं– निजी विद्यालय सञ्चालकहरूका विभिन्न संस्थाहरूले सरकारले लगाउँदै आएको ३