ओम्नीले ६ वर्षदेखि झण्डै दुई करोड हवाई भाडा तिरेन निगमलाई « Khabarhub

ओम्नीले ६ वर्षदेखि झण्डै दुई करोड हवाई भाडा तिरेन निगमलाई


२८ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ओबीबीसीआई (ओम्नी) ग्रुपले लामो समयदेखि नेपाल वायुसेवा निगमलाई करोडौँ हवाइ भाडा बुझाएको छैन । ओम्नी ग्रुपले कोभिड महामारीको समयमा चीन उडानको क्रममा निगमको जहाज चाटर्ड फ्लाइट गरेर अहिलेसम्म हवाइ भाडा नतिरेको हो ।

वायुसेवा निगमले ओम्नी र नेपाल सरकारको नाममा वि.सं. २०७६ चीन (कोभिड) शीर्षकमा १ करोड ९४ लाख बक्यौताको अभिलेख राखेको छ ।

तत्कालीन केपी ओली नेतृत्व सरकार मातहतको उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वमा रहेको कोरोना भाइरस रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले औषधी तथा मेडिकल सामग्री खरिद गर्ने निर्णय गरेको थियो ।

 सोही निर्णयअनुसार मेडिकल सामग्री  खरिद प्रक्रियामा सहभागी भएको ओम्नी ग्रुपले २०७६ चैत १५ गते निगमको जहाज चार्टर उडान गरिएको थियो । 
सो उडानमा तत्कालीन पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई जमानी बसेका थिए ।

तत्कालीन सरकारसँगको सेटिङमा बजार मूल्य भन्दा महँगोमा मेडिकल सामग्री खरिदको आरोप समेत ओम्नी ग्रुपलाई लागेको थियो ।

वायुसेवा निगमले ओम्नी ग्रुप बाहेक सन् २००५ को समयको तत्कालीन सरकार प्रमुखसँग चार करोड ८७ लाख, सन् २०२२ मा पाकिस्तान बाढी राहत सामग्रीको पुर्याउन जाँदा एक करोड १४ लाख र सन् २०२३ मा इजरायल–गाजा युद्ध उद्धार उडानको पाँच करोड ७८ लाख गरी १३ करोड ७३ लाख रुपैयाँ सरकारसँग बक्यौता रहेको अभिलेख राखेको छ ।

प्रकाशित मिति : २८ श्रावण २०८२, बुधबार  १२ : ५० बजे

प्रधानमन्त्री कार्कीसँग सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पदाधिकारीको भेट

काठमाडौं– नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पदाधिकारीहरूले प्रधानमन्त्री सुशीला

नसुध्रिएको त्रिवि : ‘लाइन होइन अनलाइन’ नारामुनि विद्यार्थी बस्छन् घण्टौं लाइन

काठमाडौं– बल्खुस्थित त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालय प्रवेश गर्नेबित्तिकै ग्लोबल

 समयमै निर्वाचन गर्न देशभित्रैबाट सरकारलाई असहयोग भएको अर्थमन्त्रीको गुनासो

काठमाडौं– अर्थमन्त्री रामेश्वर खनालले तोकिएको समयमा निर्वाचन गर्न देशभित्रैबाट सरकारलाई

पुर्णबहादुर नाममात्रैको कार्यवाहक, पार्टी सञ्चालन देउवा निवासबाटै हुन्छ : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले तोकिएको समयमा नै पार्टीको

नेपाली कम्युनिष्ट पार्टी ताजा जनादेश लिन तयार छ : नेता रावल

अत्तरिया – नेपाली कम्युनिष्ट पार्टीका नेता भीम रावलले ताजा जनादेश