रास्वपा र राप्रपाद्वारा प्रतिनिधिसभा बैठक बहिष्कार « Khabarhub

रास्वपा र राप्रपाद्वारा प्रतिनिधिसभा बैठक बहिष्कार


२८ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिपक्षमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बुधबार पनि प्रतिनिधिसभाको बैठक बहिष्कार गरेका छन् । 

भिजिट भिसा प्रकरण छानबिनका लागि संसदीय छानबिन समिति वा उच्चस्तरीय न्यायिक छानबिन समिति गठनका लागि सरकारले वास्ता नगरेको भन्दै बैठक बहिष्कार गरेका हुन् ।  

सभामुख दवराज घिमिरेले बैठकको कारबाही सुरु भएको घोषणा गरे लगत्तै रास्वपा र राप्रपाका सांसदहरूले उठेर विरोध गरेका थिए । त्यसपछि सभामुख घिमिरेले रास्वपा सांसद अशोककुमार चौधरीलाई बोल्न अनुमति दिएका थिए । 

उनले भिजिट भिसा प्रकरणमा आफूहरूको मागअनुरूप छानबिन गर्न समिति नबनाइएकोले नबन्दासम्म विरोध गरिरहने बताए । उनीपछि सभामुख घिमिरेले राप्रपाका सांसद दिपकबहादुर सिंहलाई बोल्न अनुमति दिएका थिए । 

सांसद सिंह बोलिसकेपछि रास्वपा र राप्रपाका सांसदहरू बैठक कक्षबाट बाहिरिएका छन् । उनीहरू गत जेठ १३ गतेदखि लगातार संसद बैठक बहिष्कार गर्दै आएका छन् ।

प्रकाशित मिति : २८ श्रावण २०८२, बुधबार  १ : १८ बजे

जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो पहिलो विकेट, सोमपालले दिलाए सफलता

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

काठमाडौँका विभिन्न स्थानमा चोरी गर्ने चार भारतीय पक्राउ

काठमाडौँ– काठमाडौँका विभिन्न स्थानमा घर तथा फ्ल्याटमा कोही नभएको मौका

फिल्म फेस्टिभलमा शबाना आजमी र मार्को मुलर सहभागी हुने

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले कात्तिक १३ गतेदेखि १५ गतेसम्म काठमाडौं फिल्म