भिजिट भिसा प्रकरणमा राप्रपाको माग : पूर्वप्रधानन्याधीश श्रेष्ठ वा कार्कीलाई छानबिन समितिको अध्यक्ष बनाऔं « Khabarhub

भिजिट भिसा प्रकरणमा राप्रपाको माग : पूर्वप्रधानन्याधीश श्रेष्ठ वा कार्कीलाई छानबिन समितिको अध्यक्ष बनाऔं


२८ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


399
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ वा सुशीला कार्की मध्ये कुनै एक जनाको अध्यक्षतामा भिजिट भिसा प्रकरणको छानबिनका लागि न्यायिक आयोग गठनको प्रस्ताव गरेको छ । 

प्रतिनिधिसधाको बुधबारको बैठकको सुरुवातपछि सभामुख देवराज घिमिरेले उपलब्ध गराएको समयमा बोल्दै राप्रपा सांसद दिपकबहादुर सिंहले श्रेष्ठ वा कार्कीको अध्यक्षतामा न्यायिक आयोग गठनको प्रस्ताव गरेका हुन् ।  

‘यो संसद्का सबै सम्पूर्ण माननीयज्यूसँग म अनुरोध गर्न चाहन्छु– कल्याण श्रेष्ठ या सुशीला कार्कीको अध्यक्षतामा छानबिन समिति गठन गरौँ,’ उनले भने, ‘यदि बद्मासी कसैले गरेको छ भने सजाय उसले पाउनुपर्छ । जसले बदमासी गरेको छैन, जस्तो सुकै आयोग गर्दाखेरि पनि के फरक पर्ने छ ?’

सांसद सिंहले न्यायिक आयोग नबन्दासम्म राप्रपाले संसद् बहिष्कारलाई निरन्तरता दिने पनि बताए । ‘त्यही कारणले यदि यो बन्न सक्दैन भने निरन्तर राप्रपाले बिना भत्ता हामी बहिष्कार गर्नेछौँ ।’ उनले भने । 

राप्रपा सांसद सिंह अघि सभामुख घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अशोककुमार चौधरीलाई अनुमति दिएका थिए । उनले पनि संसदीय समिति वा न्यायिक आयोग गठन नहुँदासम्म रास्वपाले संसद् बहिष्कार गर्ने घोषणा गरेका थिए ।

प्रकाशित मिति : २८ श्रावण २०८२, बुधबार  १ : ३० बजे

जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो पहिलो विकेट, सोमपालले दिलाए सफलता

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

काठमाडौँका विभिन्न स्थानमा चोरी गर्ने चार भारतीय पक्राउ

काठमाडौँ– काठमाडौँका विभिन्न स्थानमा घर तथा फ्ल्याटमा कोही नभएको मौका

फिल्म फेस्टिभलमा शबाना आजमी र मार्को मुलर सहभागी हुने

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले कात्तिक १३ गतेदेखि १५ गतेसम्म काठमाडौं फिल्म