प्रभु बैंकको नाफा ९६५ प्रतिशत बढ्यो  | Khabarhub Khabarhub

प्रभु बैंकको नाफा ९६५ प्रतिशत बढ्यो 


२८ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८१/८२ को वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार गत वर्ष बैंकले खुद नाफा ५ अर्ब ४४ करोड २६ लाख ९३ हजार रुपैयाँ कमाएको छ ।

उक्त नाफा अघिल्लो वर्षको तुलनामा ९६५.४१ प्रतिशतले बढी हो । गत वर्ष बैंकको खुद नाफा ५१ करोड ८ लाख ५६ हजार रुपैयाँ मात्र थियो ।  

बैंकले ब्याज आम्दानी भने ३९.४७ प्रतिशतले घटेको छ । यस्तो आम्दानी गत आवमा बैंकले ७ अर्ब १९ करोड ७८ लाख रुपैयाँ गरेको छ । 

बैंकको खराब कर्जामा भने सामान्य बढेको छ । गत वर्ष बैंकको खराब कर्जा ४.९६ प्रतिशत रहेको छ । 

बैंकको प्रतिशेयर आम्दानी २३.१२ रुपैयाँ हुँदा मूल्य आम्दानी अनुपात ९.६ गुणा छ । असार मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १६२ रुपैयाँ कायम भएको छ । 

गत वर्ष बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ४ करोड ५१ लाख रुपैयाँ छ । 

चुक्ता पुँजी २३ अर्ब ५४ करोड २९ लाख ९० हजार रुपैयाँ रहेको छ भने जगेडा कोषमा १४ अर्ब ५९ करोड ६३ लाख रुपैयाँ हरेको छ ।

प्रकाशित मिति : २८ श्रावण २०८२, बुधबार  १ : ३० बजे

बजेट अभावमा ‘आमा सुरक्षा कार्यक्रम’ प्रभावित

काभ्रेपलाञ्चोक – बजेट अभावका कारण बनेपास्थित शिर मेमोरियल अस्पतालमा सञ्चालित

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय समिति बैठक बिहीबार दिउँसो बस्दै

सञ्चार सुविधा नहुँदा पर्यटकलाई सास्ती

बेनी – अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार

आज देशभर मौसम सफा रहने

काठमाडौं – जल तथा मौसम विज्ञान विभागले हाल देशभर कुनै

चैतमा फुल्ने ‘पलम’ असोजमै फुल्यो

दाङ – दाङको तुलसीपुर उपमहानगरपालिका–१९ छिल्लीकोटमा असोजमै पलमको फूल फुलेको