पोखरामा ११ जना भारतीय कालीगढ पक्राउ परेको भन्दै सुनचाँदी रत्न महासंघले गुहार्‍यो गृहमन्त्री « Khabarhub

पोखरामा ११ जना भारतीय कालीगढ पक्राउ परेको भन्दै सुनचाँदी रत्न महासंघले गुहार्‍यो गृहमन्त्री


२८ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


237
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सुनचाँदीको अवैध कारोबारमा संलग्न रहेको आरोपमा पोखराबाट पक्राउ परेका ११ जना भारतीय नागरिकको सम्बन्धमा नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघको ध्यानाकर्षण भएको छ ।

महासंघको टोली गृहमन्त्री रमेश लेखक समक्ष कालीगढ पक्राउ परेको  भन्दै पुगेको छ । साउन २३ गते शुक्रबार कास्की प्रहरीले ११ जना भारतीय कालीगढहरूलाई नियन्त्रणमा लिएको थियो ।

महासंघको जानकारीअनुसार उनीहरूमध्ये अधिकांशले नेपाल सरकारको सम्बन्धित निकायमा दर्ता भई व्यवसाय गर्दै आएको र केवल ज्याला मजदुरीको काम मात्र गरेको भन्दै गृहमन्त्रीलाई ध्यानाकर्षण गराएको छ । 

महासंघले सत्यतथ्य नबुझी हचुवाको भरमा व्यवसायी र मजदुरलाई दुःख दिने काम रोक्न माग गरेको बताएको छ । महासंघले निष्पक्ष छानबिनमा सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ । 

यस सम्बन्धमा महासंघले गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षकलाई पनि बोधार्थ महासंघले पठाएको छ ।

प्रकाशित मिति : २८ श्रावण २०८२, बुधबार  १ : ५५ बजे

जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो पहिलो विकेट, सोमपालले दिलाए सफलता

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

काठमाडौँका विभिन्न स्थानमा चोरी गर्ने चार भारतीय पक्राउ

काठमाडौँ– काठमाडौँका विभिन्न स्थानमा घर तथा फ्ल्याटमा कोही नभएको मौका

फिल्म फेस्टिभलमा शबाना आजमी र मार्को मुलर सहभागी हुने

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले कात्तिक १३ गतेदेखि १५ गतेसम्म काठमाडौं फिल्म