रमपम चाउचाउ बनाउने एसियन थाई फुड्सले आईपीओ निष्कासन गर्ने « Khabarhub

रमपम चाउचाउ बनाउने एसियन थाई फुड्सले आईपीओ निष्कासन गर्ने


२८ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


333
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रमपम चाउचाउ उत्पादन गर्ने एसियन थाई फुड्स लिमिटेडले सर्वसाधारणको लागि साधारण शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । नुडल्स र स्न्याक्सको उत्पादक तथा निर्यातकर्ता एसियन थाई फुड्सले गर्दै आएको छ । 

आईपीओ निष्कासनका लागि बिक्री प्रबन्धकमा हिमालयन सेक्युरिटिज बैंकर लिमिटेडलाई नियुक्त गरेको छ । 

उक्त सम्झौतामा एसियन थाई फुड्स लिमिटेडका अध्यक्ष शिवरतन शारडा र हिमालयन सेक्युरिटिज बैंकर लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुभास बहादुर श्रेष्ठले हस्ताक्षर गरेका छन् । 

कार्यक्रममा एसियन थाई फुड्सका प्रबन्ध निर्देशक महेश जाजु, कार्यकारी निर्देशक राधेश्याम शारडा र निर्देशक आशिष जाजु तथा हिमालयन सेक्युरिटीजका नायब महाप्रबन्धक शंकर राजवाहकको उपस्थिति थियो । 

विराटनगर र तौलिहवामा अत्याधुनिक उत्पादन एकाइहरू सहित कम्पनीले आफ्ना उच्च गुणस्तरका उत्पादनहरू ३० भन्दा बढी देशहरूमा निर्यात गर्दछ । 

कम्पनीका लोकप्रिय ब्रान्डहरू जस्तै रमपम, टुपीएम र प्रीतिले बजारमा बलियो पहिचान बनाएका छन् ।

प्रकाशित मिति : २८ श्रावण २०८२, बुधबार  २ : २९ बजे

तोकिएको जरिवाना नबुझाउने छ वटा राजनीतिक दल खारेज

काठमाडौं– निर्वाचन आयोगले तोकिएको जरिवाना नबुझाएका छ वटा राजनीतिक दलको

एनएमबि बैंकलाई डिजिटल सर्भिसेज् आइसीटी अवार्ड २०२५ प्रदान

काठमाडौं– एनएमबि बैंक लिमिटेडले डिजिटल रूपान्तरणमार्फत सेवा प्रवाह गरेबापत डिजिटल

नेपाल पहिलोपटक अन्तर्राष्ट्रिय आईस स्केटिङ प्रतियोगितामा सहभागी हुँदै

काठमाडौं– नेपालले इतिहासमै पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको आईस स्केटिङ प्रतियोगितामा

रुस-युक्रेन युद्ध अन्त्यका लागि अमेरिका–युक्रेनको २० बुँदे नयाँ योजना सार्वजनिक

एजेन्सी – युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेंस्कीले अमेरिकाको नेतृत्वमा तयार गरिएको

लहान र धनगढीमाईमा बजार अनुगमन

सिरहा– जिल्लामा उपभोक्ता हित संरक्षण गर्ने उद्देश्यले निरन्तर रूपमा बजार