रमपम चाउचाउ बनाउने एसियन थाई फुड्सले आईपीओ निष्कासन गर्ने « Khabarhub

रमपम चाउचाउ बनाउने एसियन थाई फुड्सले आईपीओ निष्कासन गर्ने


२८ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


333
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रमपम चाउचाउ उत्पादन गर्ने एसियन थाई फुड्स लिमिटेडले सर्वसाधारणको लागि साधारण शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । नुडल्स र स्न्याक्सको उत्पादक तथा निर्यातकर्ता एसियन थाई फुड्सले गर्दै आएको छ । 

आईपीओ निष्कासनका लागि बिक्री प्रबन्धकमा हिमालयन सेक्युरिटिज बैंकर लिमिटेडलाई नियुक्त गरेको छ । 

उक्त सम्झौतामा एसियन थाई फुड्स लिमिटेडका अध्यक्ष शिवरतन शारडा र हिमालयन सेक्युरिटिज बैंकर लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुभास बहादुर श्रेष्ठले हस्ताक्षर गरेका छन् । 

कार्यक्रममा एसियन थाई फुड्सका प्रबन्ध निर्देशक महेश जाजु, कार्यकारी निर्देशक राधेश्याम शारडा र निर्देशक आशिष जाजु तथा हिमालयन सेक्युरिटीजका नायब महाप्रबन्धक शंकर राजवाहकको उपस्थिति थियो । 

विराटनगर र तौलिहवामा अत्याधुनिक उत्पादन एकाइहरू सहित कम्पनीले आफ्ना उच्च गुणस्तरका उत्पादनहरू ३० भन्दा बढी देशहरूमा निर्यात गर्दछ । 

कम्पनीका लोकप्रिय ब्रान्डहरू जस्तै रमपम, टुपीएम र प्रीतिले बजारमा बलियो पहिचान बनाएका छन् ।

प्रकाशित मिति : २८ श्रावण २०८२, बुधबार  २ : २९ बजे

‘मृत्युका लागि तयार छु’ भन्दै भावुक बने लकी अली, यात्रामा कफन समेत बोकेर हिँड्ने खुलासा

काठमाडौं- भारतीय संगीतप्रेमीमाझ आफ्नो फरक पहिचान बनाएका गायक तथा अभिनेता

शेखर गोल्छालाई धरौटीमा छाड्दा विशेष अदालतले लिएका ६ मुख्य आधार

काठमाडौं- विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा उद्योगी शेखर गोल्छालाई १

अमेरिकी विदेश मन्त्रालयबाट एक लाख ७५ हजारभन्दा बढी भिसा रद्द

एजेन्सी– अमेरिकी विदेश मन्त्रालयले आप्रवासन नियन्त्रणलाई कडा पार्ने प्रशासनको व्यापक

प्रदेश सरकारबारे ओली-प्रचण्डको ५ बुँदे निर्देशन : मुख्यमन्त्री नलिने दलले पहिलो मन्त्रालय रोज्ने

काठमाडौं- नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीले प्रदेश सरकार गठन

घारखोलाको विद्युतगृहमा सुक्खा पहिरो, बेपत्ता सुरक्षागार्ड मृत भेटिए

पोखरेबगर– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरमा रहेको घारखोला जलविद्युत् आयोजनाको विद्युतगृहमा