राप्रपामा बढ्दो टकरावबीच रेखाको टिप्पणी- विशेष महाधिवेशनको माग भएन र ? « Khabarhub

राप्रपामा बढ्दो टकरावबीच रेखाको टिप्पणी- विशेष महाधिवेशनको माग भएन र ?


२८ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


270
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की केन्द्रीय सदस्य एवम् अभिनेत्री रेखा थापाले पार्टीभित्रको किचलो समाधानका लागि विशेष महाधिवेशनको वकालत गरेकी छन् ।

बुधबार राप्रपानिकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन काठमाडौंको अधिवेशनमा अध्यक्ष राजेन्द्र लिङ्देन र महामन्त्री धवलशमशेर जबरा पक्षबीच झडप भएपछि थापाको यस्तो प्रतिक्रिया आएको हो ।

सुरूदेखि नै अध्यक्ष लिङ्देनविरुद्ध लागिरहेकी थापाले विशेष महाधिवेशनमार्फत् अब राप्रपाको नेतृत्व छानिनुपर्ने वकालत गरेकी हुन् ।

‘राप्रपाभित्रको किचलोले विशेष महाअधिवेशनको माग भएन र ?’, राप्रपानिकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको काठमाडौं जिल्ला अधिवेशनमा झडप भएलगत्तै उनले यसरी टिप्पणी गरेकी छन् ।

बुधबार चाबहिलस्थित एक पार्टी प्यालेसमा आयोजित अधिवेशनमा संस्थापननिकट र महामन्त्री धवलशम्शेरनिकट युवाहरू कुटाकुटमा उत्रिए ।

अध्यक्ष लिङदेन कार्यक्रमस्थलमा आइसकेपछि दुई पक्षबीच हात हालाहाल भएको हो । झडपपछि लिङ्देनले उक्त अधिवेशन नै स्थगन गरेको घोषणा गरे । पछिल्लो समय धवल शमशेरले राजेन्द्रविरुद्ध मोर्चा कसेपछि राप्रपा फुटको दिशामा अघि बढेको छ ।

प्रकाशित मिति : २८ श्रावण २०८२, बुधबार  ३ : २७ बजे

ओठमा गुलाब, अनुहारभरि रगत अनि आँखामा रिस !

काठमाडौं– बलिउडका ‘किङ खान’ शाहरुख खान यसपटक प्रेमी र हत्याराको

कर्णालीले गुमायो आठौँ विकेट

काठमाडौं– नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

ह्यारी केनलाई विराट कोहलीको बधाई

काठमाडौं – इङ्ल्यान्डका फुटबल खेलाडी ह्यारी केनले विश्वकै उत्कृष्ट फुटबल

कर्णालीले गुमायो सातौँ विकेट, कप्तान कामी आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

कर्णालीले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली