नेपाल वायुसेवा निगमको २३ ठाउँमा जग्गा, कहाँ कति ? « Khabarhub

नेपाल वायुसेवा निगमको २३ ठाउँमा जग्गा, कहाँ कति ?


२८ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– व्यावसायिक क्षेत्रमा अब्बल प्रदर्शन गर्न नसकिरहेको नेपाल वायुसेवा निगम जग्गाको स्वामित्वमा भने दर्जनौँ ठाउँको जमिनको मालिकका रूपमा रहेको देखिएको छ । निगमको नाममा काठमाडौं उपत्यका सहित विभिन्न २३ ठाउँमा ६० रोपनी भन्दा धेरै जमिन रहेको पाइएको हो ।

आर्थिक वर्ष ०८१/८२ को असार मसान्तसम्मको तथ्यांकअनुसार वायु सेवा निगमसँग काठमाडौं उपत्यकाभित्र मात्रै ६९ रोपनी ४ आना भन्दा धेरै जग्गा रहेको छ । जसमध्ये निगमको केन्द्रीय कार्यालय रहेको कान्तिपथ न्युरोडको जग्गाको क्षेत्रफल १४ रोपनी ७ आना १ पैसा १ दाम रहेको छ ।

त्यस्तै, काठमाडौंको सिनामंगलमा निगमको नाममा ३४ रोपनी १३ आना १ पैसा २ दाम जग्गा ९ वटा कित्तामा रहेको छ भने कुलेश्वरमा २७१.०८ वर्गमिटर जग्गा भवन सहित रहेको छ ।

राजधानी बाहिर २० ठाउँमा

काठमाडौं उपत्यका भन्दा बाहिर वायुसेवा निगमको स्वामित्वमा २० ठाउँमा जग्गा रहेको देखिएको छ । जसमध्ये कतिपय जग्गामा भवन छन् भने कतिपय ठाउँमा पर्खाल मात्रै रहेको निगमको कागजातमा उल्लेख छ ।

विराटनगरको रोड सेस चोकमा निगमको स्वामित्वमा ४ आना १० पैसा क्षेत्रफल जग्गा रहेको छ, जुन जग्गामा पूर्वाञ्चल क्षेत्रीय कार्यालयको भवन छ । त्यस्तै विराटनगरको जतुवामा ८ आना जग्गा छ, जसलाई निगमले पर्खाल लगाएर राखेको जनाएको छ ।

निगमले नेपालगञ्जमा आफ्नै जग्गामा सिटी सेल्स अफिस बनाएको छ, जसको क्षेत्रफल १० आना ५ पैसा छ । बाँकेकै सोनपुरमा निगमको नाममा ७ कित्तामा ३ रोपनी ७ आना ३ पैसा जग्गा रहेको उल्लेख छ । साथै, बाँकेको मनिकापुर नयाँ एयरपोर्टमा निगमले ६ फ्ल्याटको तीन तले भवन निर्माण गरेको छ । जसको क्षेत्रफल ५ रोपनी १० पैसा ११ आना रहेको छ ।

त्यस्तै, निगमको नाममा मुस्ताङको मार्फा, पोखरा, दाङको तुल्सीपुर, भैरहवा, सुर्खेतको कपकुवा, गोरखाको पालुङटार, संखुवासभाको मनकामना, महेन्द्रनगर, कैलालीको तारानगर, वीरगञ्जको आदर्शनगर, पर्साको छपकैया, जुम्लाको चण्डीनाथ, खोटाङको लामिडाडाँ, हुम्लाको सिमिकोट र बैतडीको पाटनमा पनि जग्गा रहेको छ । तर, ती सबै जग्गाहरूको क्षेत्रफल २ रोपनी भन्दा कम रहेको छ ।

प्रकाशित मिति : २८ श्रावण २०८२, बुधबार  ३ : ४३ बजे

पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ गर्छौँ : गगन थापा

कास्की- नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ

रुसी पूर्वमन्त्री पोपोभलाई भ्रष्टाचार मुद्धामा १९ वर्ष जेल सजाय

मस्को – रुसका पूर्व उप–रक्षामन्त्री पावेल पोपोभलाई भ्रष्टाचार गरेको पुष्टि

आईपीएल : आरसिबीले राजस्थानलाई २०२ रनको लक्ष्य दियो

गुवाहाटी – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत १६औं खेलमा रोयल

पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा

कास्की – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा एकता र

आत्मरक्षाका लागि गोली चलाउँदा गैँडाको मृत्यु

नवलपरासी – चितवन राष्ट्रिय निकुञ्जमा सेनाको गोली लागेर एक वयस्क