वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि दफावार छलफल | Khabarhub Khabarhub

वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि दफावार छलफल


२८ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको अर्थ समिति बैठकमा वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि दफावार छलफल भएको छ ।

सिंहदरबारमा बुधबार बसेको बैठकमा विधेयकका विभिन्न दफामाथि छलफल भएको हो ।

दफावार छलफलका क्रममा माओवादी केन्द्रका सांसद वर्षमान पुनले वैकल्पिक विकास वित्त कोषको प्रमुख कार्यकारी अधिकृतको नियुक्ति प्रक्रिया ठिकै रहेको र पहिलो कार्यकालमा राम्रो नजिता आए दोस्रो कार्यकालका लागि पुन नियुक्त गर्दा सुरुकै प्रक्रिया अपनाउन नपर्ने सुझाव दिए । 

प्रमुख कार्यकारी अधिकृतको पद रिक्त भएको अवस्थामा मन्त्रालयले तोकेको सहसचिवले प्रमुख कार्यकारी अधिकृतको रूपमा कोषको कार्यसम्पादन गर्ने विषयलाई उल्लेख गरिरहनुपर्ने उनले बताए ।

त्यस्तै नेकपा एकीकृत समाजवादीका सांसद मेटमणि चौधरीले प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्दा मन्त्रीपरिषद्ले तीन मध्ये एक जना एकलाई नियुक्त गर्नेछ भन्ने प्रावधान राख्न सुझाव दिए ।

मुलुकको समृद्धि, दिगो विकास तथा उत्पादकत्व वृद्धिका लागि अत्यावश्यक पूर्वाधार परियोजना कार्यान्वयन गर्न परम्परागत लगानीका अतिरिक्त वैकल्पिक वित्त परिचालन आवश्यक रहेको भन्दै सरकारले उक्त विधेयक ल्याएको हो । 

विधेयकमाथि बिहीबार पनि दफावार छलफल जारी रहने समितिले जनाएको छ ।

प्रकाशित मिति : २८ श्रावण २०८२, बुधबार  ४ : ०१ बजे

अर्थमन्त्री खनाल र एसियाली विकास बैंकका अध्यक्षबीच भेट

वाशिङ्टन डिसी – विश्व बैंकको वार्षिक बैठकमा भाग लिन अमेरिकामा

इजरायलले बन्धकको अवशेष फिर्ताका लागि दबाब दिन सीमा नाकामा पुनः कडाइ

जेरुसलेम – गाजा र इजिप्टबीचको सहायता मार्ग राफा सीमा बुधबार

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको सटहीदर

आज विश्व खाद्य दिवस मनाइदै

काठमाडौं – सरकारले विश्वव्यापी रूपमा स्वच्छ, पोषणयुक्त सन्तुलित भोजनको महत्त्वबारे

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल असोज ३० गते बिहीबार। कात्तिक