जनताको जीवनस्तरमा परिवर्तन ल्याउने गरी काम गर्नेछु : मुख्यमन्त्री बानियाँ « Khabarhub

जनताको जीवनस्तरमा परिवर्तन ल्याउने गरी काम गर्नेछु : मुख्यमन्त्री बानियाँ


२८ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

बागमती– प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले जनताको जीवनस्तरमा परिवर्तन ल्याउने गरी प्रदेश सरकारले काम गर्ने बताएका छन् । प्रदेशसभाको आजको बैठकको विशेष समयमा उनले जनतालाई अनुभूति हुने गरी जनमुखी, सेवामुखी, विकासमुखी र आयमुखी काम गर्न प्रदेश सरकार अग्रसर रहेको उल्लेख गरे। 

भ्रष्टाचारमुक्त, सुशासनयुक्त, पारदर्शी, जवाफदेही प्रदेश सरकार बनाउन प्रयत्नशील रहेको जनाउँदै मुख्यमन्त्री बानियाँले उत्पादन र रोजगारी बढाउने कार्यलाई सरकारले प्राथमिकताका साथ अघि बढाउँदै लगेको बताए।  समावेशी, दिगो, आत्मनिर्भर र समृद्ध प्रदेश निर्माण गर्नु वर्तमान सरकारको परिकल्पना भएको भन्दै उनले विगतमा भएका सकारात्मक कामलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरे । 

गरिब जनताप्रति सरकार जिम्मेवार भएर अघि बढ्ने बताउँदै मुख्यमन्त्री बानियाँले मेडिकल, आयुर्वेदिक र भेटेरिनरी पढ्न चाहने, आर्थिक अवस्था कमजोर भएका गरिब तथा विपन्न परिवारका छोराछोरीलाई प्रदेश सरकारले छात्रवृत्तिमा पठनपाठन गराइदिने प्रतिबद्धता व्यक्त गरे । 

‘गरिब निमुखाका छोराछोरी जसले नाम निकालेका छन्, तर उनीहरूसँग पढ्ने पैसा छैन, ती परिवारका छोराछोरीलाई प्रदेश सरकारले जिम्मेवारी लिएर अध्ययनअध्यापन गराउनेछ’, मुख्यमन्त्री बानियाँले भने, ‘अब गरिब निमुखामध्ये दुई जनालाई मेडिकलमा, दुई जनालाई आयुर्वेदतर्फ र दुई जनालाई भेटेरिनरीतर्फ प्रदेश सरकारले पढाउने छ ।’

सरकार भाषणबाट होइन कामबाट प्रमाणित गर्ने बताउँदै उनले चालु आव २०८२÷८३ को बजेटसम्बन्धी संकल्प प्रस्तावलाई सरकारले आत्मसात गरी अघि बढ्ने जानकारी दिए । 

आजको प्रदेशसभा बैठकको विशेष समयमा रामप्रसाद ढुङ्गाना, शान्ता ढकाल, तारानारायण श्रेष्ठ, उर्मिला सुनुवार, मायादेवी शर्मा, उद्धव थापा, रत्नप्रसाद ढकाललगायत २४ जना प्रदेशसभा सदस्यहरूले राजनीतिक, आर्थिक, सामाजिकलगायत समसामयिक विषयमा आ-आफ्ना धारणा राखे ।   

प्रकाशित मिति : २८ श्रावण २०८२, बुधबार  ४ : १८ बजे

सुकीलाई नजरबन्दमा सार्ने निर्णय, अन्तर्राष्ट्रिय छविमा केन्द्रित कदम

एजेन्सी– पाँच वर्षदेखि हिरासतमा राखिएकी अपदस्थ नेता आङ सान सुकीलाई

बुद्ध जयन्तीमा ओलीको सन्देश : करुणा, शान्ति र सहिष्णुताको मार्ग अपनाउन आह्वान

काठमाडौं– पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले

प्रेस काउन्सिल नेपालमा स्तनपान कक्ष स्थापना

काठमाडौं– प्रेस काउन्सिल नेपालले कार्यालय परिसरमा स्तनपान कक्ष तथा महिलामैत्री

नेपाली टिममा विनोद भण्डारी र अर्जुन कुमाललाई अवसर : ओपनर कुशल र आशिफ आउट

काठमाडौँ – आईसीसी विश्वकप लिग–२ अन्तर्गत यूएईविरुद्धको खेलमा नेपालले ओपनर

चीन-नेपाल सुरक्षा सहकार्यमा जोड

काठमाडौं– नेपालका लागि चीनका  राजदूत चाङ माओमिङले चीन–नेपाल सुरक्षा सहकार्यमा