चाडपर्वमा चोरी बढ्ने भन्दै सतर्क रहन प्रहरीको आग्रह « Khabarhub

चाडपर्वमा चोरी बढ्ने भन्दै सतर्क रहन प्रहरीको आग्रह


२८ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चाडपर्व सुरु भएसँगै काठमाडौं उपत्यकामा चोरी बढ्ने भन्दै प्रहरीले सतर्क रहन आग्रह गरेको छ । 

काठमाडौं उपत्यका अपराध अनुसन्धानका प्रवक्ता तथा प्रहरी उपरीक्षक काजीकुमार आचार्यले नेपालका चाडपर्व लक्षित गरी सीमापारीबाट महिला तथा बालबालिकाको प्रयोग गरी चोरीमा संलग्न गराइने गिरोह सक्रिय हुने बताए ।

खबरहबसँग कुरा गर्दै उनले भने, ‘साउनको अन्तिम सोमबार पशुपति मन्दिरबाट ३० जना चोर पक्राउ परेका छन् । थुनामा राखेर अनुसन्धान भइरहेको छ । चाडपर्वमा महिलाहरूले सुन तथा चाँदीका महङ्गा गहना लगाएर हिड्ने भएकाले भिडभाडमा बच्चा बोकेका आम महिला चोरीमा संलग्न भएको पाइएको छ । उनीहरु कुनै गिरोहद्धारा परिचालित छन् ।’

नेपालमा तीजबाट चाडपर्व सुरु हुन्छ । यतिबेला आर्थिक चहलपहल बढ्ने हुँदा चोरीका घटना पनि बढ्छन् । प्रहरीले बाहिर हिँड्दा गहना लगाउँदा सतर्कता अपनाउन आग्रह गरेको छ । साथै, चोरहरू घरमा पनि प्रवेश गर्न सक्ने हुँदा सुरक्षा अपनाउन सचेत गरेको छ ।

प्रकाशित मिति : २८ श्रावण २०८२, बुधबार  ४ : ४० बजे

कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय पक्राउ

काठमाडौं – लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले अमेरिकाबाट कुरियरमार्फत ल्याइएको

पहिलो हार दशा कटेजस्तै भयो : इशान पाण्डे

काठमाडाैं – सुदूरपश्चिम रोयल्सका ब्याटर इशान पाण्डेले नेपाल प्रिमियर लिग

चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावलाई मध्यनजर गर्दै हवाई सुरक्षा सतर्कता जारी

काठमाडौं – नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले शक्तिशाली चक्रवाती आँधी

सुदूरपश्चिमले पोखरालाई हराउँदा मैदान जे देखियो (तस्बिरहरू)

काठमाडाैं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणअन्तर्गत बुधबार भएको

नभसुरक्षामा नेपाली सेना सक्रिय

काठमाडौं – नेपाली सेनाको हवाई सेवाले दुई लाख घण्टाभन्दा बढी