भारतसँगको सम्बन्धलाई अझै मजबुत बनाउन फिलिपिनी राष्ट्रपति प्रतिबद्ध « Khabarhub

भारतसँगको सम्बन्धलाई अझै मजबुत बनाउन फिलिपिनी राष्ट्रपति प्रतिबद्ध


२२ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड मार्कोस जुनियरले भारतसँगको सम्बन्धलाई अझै मजबुत बनाउन प्रतिबद्ध रहेको बताएका छन् ।

हालै भारत भ्रमणमा आएका राष्ट्रपति मार्कोसले सम्बन्धलाई थप मजबुत र सहनशील बनाउन दुबै मुलुकले पहल गर्नुपर्ने उल्लेख गरेका छन् ।

भारतीय समाचार संस्था एएनआईका अनुसार राष्ट्रपति मार्कोसले विश्वबन्धु अर्थात् विश्वको साथीका रुपमा भारतको भूमिका अझै महत्वपूर्ण रहेको बताए ।

भारत भ्रमणका क्रममा आफूले प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेको स्मरण गर्दै राष्ट्रपति मार्कोसले आफ्नो मुलुक सदैव आतंकवादको विपक्षमा रहेको पनि उल्लेख गरे ।

भारतमा रहँदा आफूले रक्षा तथा व्यापारको क्षेत्रमा सहकार्यको चर्चा गरेको पनि मार्कोसले उल्लेख गरेका छन् । उनले दुबै मुलुकको लोकतान्त्रिक शासन पद्धतिको पनि प्रसंशा गरेका छन् ।

प्रकाशित मिति : २२ श्रावण २०८२, बिहीबार  ७ : २३ बजे

अर्थसहित पाँचवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेको विभिन्न पाँचवटा समितिको बैठक आज

परराष्ट्रमन्त्री खनाल र चिनियाँ समकक्षी वाङबीच वार्ता: नेपाली भूमि चीनविरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता

काठमाडौँ – चीनको चारदिने औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल

कर तथा जरिवाना छुटसम्बन्धी विशेष व्यवस्था गर्दै बागमती सरकार

बागमती– बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष (आव) २०८३–८४ को

एकमहिने मत्स्यनारायण मेला सम्पन्न

भक्तपुर– तीन सय वर्ष पुरानो ऐतिहासिक मत्स्यनारायण मन्दिर परिसरमा लागेको

प्रतिनिधिसभा बैठक बस्दै, मन्त्रालयगत बजेटमाथि छलफल जारी रहने

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ ।