भारतसँगको सम्बन्धलाई अझै मजबुत बनाउन फिलिपिनी राष्ट्रपति प्रतिबद्ध « Khabarhub

भारतसँगको सम्बन्धलाई अझै मजबुत बनाउन फिलिपिनी राष्ट्रपति प्रतिबद्ध


२२ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड मार्कोस जुनियरले भारतसँगको सम्बन्धलाई अझै मजबुत बनाउन प्रतिबद्ध रहेको बताएका छन् ।

हालै भारत भ्रमणमा आएका राष्ट्रपति मार्कोसले सम्बन्धलाई थप मजबुत र सहनशील बनाउन दुबै मुलुकले पहल गर्नुपर्ने उल्लेख गरेका छन् ।

भारतीय समाचार संस्था एएनआईका अनुसार राष्ट्रपति मार्कोसले विश्वबन्धु अर्थात् विश्वको साथीका रुपमा भारतको भूमिका अझै महत्वपूर्ण रहेको बताए ।

भारत भ्रमणका क्रममा आफूले प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेको स्मरण गर्दै राष्ट्रपति मार्कोसले आफ्नो मुलुक सदैव आतंकवादको विपक्षमा रहेको पनि उल्लेख गरे ।

भारतमा रहँदा आफूले रक्षा तथा व्यापारको क्षेत्रमा सहकार्यको चर्चा गरेको पनि मार्कोसले उल्लेख गरेका छन् । उनले दुबै मुलुकको लोकतान्त्रिक शासन पद्धतिको पनि प्रसंशा गरेका छन् ।

प्रकाशित मिति : २२ श्रावण २०८२, बिहीबार  ७ : २३ बजे

आमनिर्वाचन सफल पार्नुपर्छ : उपसभापति वाग्ले

म्याग्दी- राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णीम वाग्लेले देशको राजनीतिक अन्योल

सिरियामा अमेरिकी प्रतिशोधी कारबाही, ७० भन्दा बढी निशानामा आक्रमण

वाशिङ्टन डीसी– अमेरिकी सेनाले शुक्रबार सिरियामा ७० भन्दा बढी इस्लामिक

काठमाडौंमा ‘जेन-जीसँग विप्लव अन्तरसंवाद’ कार्यक्रम

काठमाडौं – अखिल समाजवादी केन्द्रीय समितिले आज काठमाडौंमा ‘जेन-जीसँग विप्लव

ड्रोन प्रविधि विस्तारका लागि रूसमा जनशक्ति अभाव

एजेन्सी– रूसलाई ड्रोन क्षेत्रमा करिब ४४ हजार दक्ष तथा विशेष

मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने

मोरङ– नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले खस्किँदै गएको मुलुकको