मुक्तिनाथ क्षेत्रका धार्मिकस्थलमा दर्शनार्थी मैत्री पूर्वाधार निर्माण गरिने « Khabarhub

मुक्तिनाथ क्षेत्रका धार्मिकस्थलमा दर्शनार्थी मैत्री पूर्वाधार निर्माण गरिने


२८ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

मुस्ताङ – मुस्ताङको मुक्तिनाथ विकास समितिले मुक्तिनाथ र यसक्षेत्रका धार्मिकस्थललाई दर्शनार्थी मैत्री पूर्वाधार निर्माण गर्न करिब रु चार करोड बजेट विनियोजन गरेको छ ।

समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले मुक्तिनाथ, मुक्तिनाथ रानीपौवा बजार, कागबेनी र दामोदरकुण्ड धार्मिकस्थललगायतका क्षेत्रमा पूर्वाधार निर्माण गर्न बजेट विनियोजन गरिएको जानकारी दिए।

विनियोजित बजेट समितिले सम्बन्धित स्थानीय तहसँग लागत साझेदारी गर्ने गरी कार्यान्वयन गर्ने अध्यक्ष भुसालले बताए । कागबेनीधाममा नदी नियन्त्रण तथा श्राद्धस्थल निर्माणलगायतका लागि वारागुङ मुक्तिक्षेत्र गाउँपालिकासँग रु एक करोड बजेट लागत साझेदारी गर्ने गरी विनियोजन गरेको समितिका कोषाध्यक्ष एवं वडाध्यक्ष प्रमेश गुरुङले जानकारी दिए।

दामोदरकुण्डमा सुविधायुक्त धर्मशाला र पदमार्गमा आवश्यकता अनुसार धर्मशाला र प्रतिक्षालयलगायतका पूर्वाधार निर्माण गर्न लोघेकर दामोदरकुण्ड गाउँपालिकासँग रु एक करोड बजेट लागत साझेदारी गर्ने गरी बजेट विनियोजन गरिएको छ ।

त्यसैगरी मुक्तिनाथ प्रवेशद्वारबाट रानीपौवा बजारक्षेत्रमा छपनी ढुङ्गा विच्छ्याउन वारागुङ मुक्तिक्षेत्र र स्थानीय समुदायसँग लागत साझेदारी गर्ने गरी रु एक करोड २० लाख बजेट विनियोजन गरिएको छ । मुक्तिनाथ विकास समितिले लेक लाग्ने समस्याबाट बचाउन सूचनामूलक ‘ब्रोसर’ र केही थान ‘होर्डिङ बोडर्’ निर्माण गर्ने जनाएको छ ।

मुक्तिनाथ विकास समितिले आव २०८१/८२ मा भुक्तानी दिन बाँकी रकम २० लाख ६७ हजार ३२१ रूपैयाँ रहेको जनाएको छ । समितिले भौतिक व्यवस्थापन र दर्शनार्थीमैत्री पूर्वाधार निर्माणका लागि उक्त बजेट खर्च भएको र सोको भुक्तानी बुझाउन बाँकी रहेको उल्लेख गरेको छ ।

दश करोड बढी भेटी सङ्कलन

मुक्तिनाथ विकास समितिको खातामा रु १० करोड ३९ लाख ९८ हजार भेटी बापत्को रकम मौज्दात रहेको जनाइएको छ । भक्तजनले रसिद काटेको र नगद चढाएको भेटी गरी उक्त रकम जम्मा भएको हो ।

यहाँ मुक्तिनाथ विकास समितिको पाँच वटा बैंक तथा वित्तीय संस्थामा सात वटा खाता सञ्चालनमा छ । भारतीय तथा अन्य विदेशी पर्यटकले चढाएको विदेशी मुद्रा मालपोत कार्यायल र जिल्ला प्रहरी कार्यालयमा सुरक्षित राखिएको छ । विदेशी भक्तजनले चढाएको दान भेटी सहज रूपमा सटही हुन नसक्दा त्यसरी राखिएको हो ।

समितिका अनुसार विदेशी मुद्रा सटही हुन बाँकी रहेको अमेरिकी डलर ९१८, मलेसियन रिङ्गेट १५०, क्यानेडियन डलर १००, सिङ्गापुर डलर १५, अष्ट्रेलियन डलर २०० र भारतीय मुद्रा १७ लाख एक हजार ५४८ रूपैयाँ रहेको छ । यसैगरी यहाँ सटही हुन नसकेको भारतीय मुद्रा जिल्ला प्रहरी कार्यालयमा राखिएको समितिले जनाएको छ ।

मुक्तिनाथ विकास समितिले आव २०८१/८२ मा रु २२ लाख ६७ हजार ५८२ रूपैयाँ खर्च भएको जनाएको छ । उक्त खर्च कर्मचारीको तलब, कम्युटर तथा स्टेशनरी, कर दाखिलालगायतका २१ शीर्षकमा भएको समितिले उल्लेख गरेको छ ।

प्रकाशित मिति : २८ श्रावण २०८२, बुधबार  ९ : १३ बजे

डुबान प्रभावित सुकुम्वासीको अवस्था बुझ्न कीर्तिपुर गएका माजिद अन्सारीको टिम प्रहरी नियन्त्रणमा

काठमाडौं- सुकुम्वासीहरूलाई राखिएको कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा पुगेका जेन-जी अगुवा माजिद

बझाङमा जीप दुर्घटनामा परी घटनास्थलमै तीन जनाको मृत्यु

काठमाडौं- बझाङको केदारस्यूँ गाउँपालिका–७ स्थित सुङगरे क्षेत्रमा भएको जीप दुर्घटनामा

विराटनगरमा औद्योगिक प्रदर्शनी स्थल निर्माणका लागि सरकारसँग पहल गर्न उद्योगीको आग्रह

विराटनगर- सुनसरी–मोरङ औद्योगिक कोरिडोरका उद्योगी तथा व्यवसायीहरूले विराटनगर महानगरपालिका–३ मा

समुदाय-प्रहरी साझेदारी कार्यक्रमबाट २१ हजारभन्दा बढी लाभान्वित

धरान– सुनसरीमा समुदाय–प्रहरी साझेदारी कार्यक्रम प्रभावकारी भएको पाइएको छ ।

सोमेश्वरगढीमा प्रधानसेनापति अभिमानसिंहको शालिक अनावरण

नारायणगढ (चितवन)- समुद्र सतहबाट ८८० मिटरको उचाइमा उभिएर हेर्दा देखिने