एन्फाविरुद्ध थापाले दायर गरेको रिट खारेज | Khabarhub Khabarhub

एन्फाविरुद्ध थापाले दायर गरेको रिट खारेज


२९ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पुनरावेदन अदालत पाटनले पूर्व अध्यक्ष गणेश थापा र उनका छोरा गौरव थापाले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को विरुद्धमा दर्ता गरेको रिट खारेज गरेको छ।

गणेश थापाले एन्फा र अध्यक्ष पङ्कज विक्रम नेम्बाङविरुद्धमा अदालतको अवहेलना भन्दै दर्ता गरेको रिटमा दाबी नपुग्ने भन्दै खारेज भएको हो।

थापाले एन्फाको साधारण सभाको वैधानिकता र आफ्नो सहभागिताको दाबी गर्दै १९ वैशाखमा रिट दायर गरेका थिए।

यसैगरी गौरवले २३ वैशाखमा साधारण सभामा सहभागिताको विषय तथा २ जेठमा अदालतको अवहेलना सम्बन्धमा एन्फा र अध्यक्ष पङ्कजविक्रम नेम्बाङलाई विपक्षी बनाइ मुद्दा दायर गरेका थिए।

२६ वैशाखाका काभ्रेको धुलिखेलमा भएको साधारण सभामा अध्यक्ष थापाले फिफाको १० वर्षको प्रतिबन्धको समय सकिएका कारण प्रवेश पाउनुपर्ने आवाज उठाए पनि एन्फाले प्रक्रिया नपुगेको भन्दै उनीहरू दुवैलाई प्रवेश दिएको थिएन।

गणेश थापाको मुद्दाको फैसला चार असार र गौरव थापाको मुद्दा बुधबार खारेज भएको हो। यसअघि नै रमेश रायमाझीले ११ जेठमा एन्फालाई नै विपक्षी बनाएर दर्ता गराएको रिट र रबिन चन्दले दर्ता गरेको अर्को रिट पनि खारेज भएको थियो।

प्रकाशित मिति : २९ श्रावण २०८२, बिहीबार  ७ : २० बजे

यी भूभागमा सामान्यदेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज श्रीकृष्ण जन्माष्टमी पर्व

काठमाडौं – ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा-आराधना गरी

आज श्रीकृष्ण जन्माष्टमी पर्व मनाईँदै

काठमाडौं– ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाईँदैछ

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय

पुटिनसँगको वार्तापछि ट्रम्प भन्छन् – छलफल उपलब्धिमूलक भए पनि कुनै सम्झौता भइसकेको छैन

अलस्का – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन युद्धको विषयमा रुसी