लोमसको टिनिडाजोल ट्याब्लेज कम गुणस्तर भएको भन्दै बजारबाट फिर्ता गर्न विभागको निर्देशन  « Khabarhub

लोमसको टिनिडाजोल ट्याब्लेज कम गुणस्तर भएको भन्दै बजारबाट फिर्ता गर्न विभागको निर्देशन 


२९ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंस्थित लोमस फार्मास्युटिकलद्धारा उत्पादित टिनिडाजोल ट्याब्लेट गुणस्तरहीन भेटिएको भन्दै तत्काल बजारबाट फिर्ता लिन औषधी व्यवस्था विभागले निर्देशन दिएको छ । 

बजार अनुगमनका क्रममा ब्याच नम्बर टीजे ३–०१२३ नम्बरको टिनिडाजोल ट्याब्लेज कम गुणस्तर भएको भेटिएको विभागले जनाएको छ । 

 ‘उक्त औषधि औषधि ऐन, २०३५ को दफा १४ बमोजिम बजारबाट तुरुन्त फिर्ता गर्न र सोको विवरण यस विभागमा पेश गर्न सम्बन्धित उद्योग तथा तिनका प्रतिनिधिहरूलाई जानकारी गराइन्छ ।’ विभाद्वारा जारी सूचनामा भनिएको छ । 

सो औषधिको सिफारिस, बेचबिखन तथा प्रयोग नगर्न पनि विभागले आम सर्वसाधारणलाई आग्रह गरेको छ ।

प्रकाशित मिति : २९ श्रावण २०८२, बिहीबार  १ : ४० बजे

उत्तरपूर्वी फ्रान्समा विमान दुर्घटना हुँदा ११ जनाको मृत्यु

पेरिस- उत्तरपूर्वी फ्रान्सको मुर्थे–एट–मोसेल क्षेत्रमा आइतबार एउटा सानो नागरिक विमान

वर्षमानको टिप्पणी : रास्वपाको पछिल्लो राजनीतिक चरित्रले जनमतको अपमान गर्‍यो

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका सांसद वर्षमान पुनले सत्तारूढ दल राष्ट्रिय

भन्सार छली ल्याइएका २४ लाखका मोबाइल सेट बरामद

लुम्बिनी– नियमित गस्तीमा रहेको प्रहरी टोलीले भन्सार छलेर भारतबाट ल्याइएका

राजामहाराजाका सन्तान पढ्ने स्कुलमा व्यभिचार, शिक्षिकाबाट प्रताडित एक बालिकाको दुरावस्था

काठमाडौं- काठमाडौंको मध्य बानेश्वरस्थित भ्याली भ्यू इङ्लिस स्कूलमा कक्षा ४