नगदेशमा १२ वर्षपछि भैलः प्याखँ प्रदर्शन « Khabarhub

नगदेशमा १२ वर्षपछि भैलः प्याखँ प्रदर्शन


२९ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भक्तपुरको मध्यपुरथिमि–७ नगदेशमा १२ वर्षपछि तान्त्रिक शक्ति रहेको भैलः प्याखँ (भैरव नाच) प्रदर्शन भइरहेको छ ।

गाईजात्राको भोलिपल्ट अर्थात् भाद्र कृष्ण द्वितीया (गुँलागा द्वितीया)देखि पञ्चमीसम्म चार रात मध्यपुरथिमिमा भैरव नाच प्रदर्शन हुने गर्दछ । 

भैलः प्याखँमा न्हापाँ र लिपाँ गरी दुई जना भैलः, न्हापाँ र लिपाँ गरी दुई जना दाँगी र एक जना ज्यापुंगको भेषमा नाचिन्छ भने धाँ, मुहालीलगायतका बाद्यवाधक एवं सहयोगीसमेत गरी करिब एक सय जनाको समूह सक्रिय रूपमा सहभागी भइरहेको नगदेशको भैलः प्याखँ गुरु कृष्णभक्त घजुले जानकारी दिए । 

परापूर्वकालदेखि नै नगदेशमा भैलः प्याखँ सञ्चालन हुँदै आएको उनले बताए ।

श्री नगदेश ऐतिहासिक सांस्कृतिक भैलः पुचःले आयोजना गरेको भैलः प्याखँमा नगदेशका विभिन्न क्षेत्रमा र टोलमा भैरव नाच प्रदर्शन गरिन्छ । चार रातसम्म भैरवका विभिन्न देवगणहरूलाई तान्त्रिक शक्ति प्राप्त गरी नाच प्रदर्शन गरिन्छ । 

प्रकाशित मिति : २९ श्रावण २०८२, बिहीबार  २ : ३९ बजे

पहिराले अरनिको राजमार्ग अवरुद्ध

काठमाडौं – केही दिन यतादेखि परेको वर्षाका कारण आएको पहिराका

एक हजार ५९५ पदाधिकारी एकैपटक पदमुक्त : कुन क्षेत्रमा कति ? (विवरणसहित)

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा ‘सार्वजनिक पदाधिकारीको पदमुक्त

‘मेरो स्कुल’ कृति सार्वजनिक

काठमाडौं – लेखिका मीना खड्काको पहिलो कृति ‘मेरो स्कुल’ सार्वजनिक

कुन-कुन निकायका पदाधिकारीहरू हुँदैछन् पदमुक्त ? (सूचीसहित)

काठमाडाैं – राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष

मुलुकका विभिन्न स्थानबाट लागुऔषधसहित २२ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट लागुऔषधसहित २२ जनालाई पक्राउ