एसबीआई बैंकको नाफा १ अर्ब ८० करोड  « Khabarhub

एसबीआई बैंकको नाफा १ अर्ब ८० करोड 


२९ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल एसबीआई बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८१-८२ को वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको अपरिस्कृत वित्तीय विवरणमा बैंकको नाफा ९.८६ प्रतिशतले घटेको छ । 

गत वर्ष बैंकले १ अर्ब ८० करोड २५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्ष बैंकले १ अर्ब ९९ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । 

गत वर्ष बैंकको खुद ब्याज आम्दानी ५ अर्ब २६ करोड २३ लाख रुपैयाँ भएको छ । उक्त आम्दानी अघिल्लो वर्षको तुलनामा ३.७२ प्रतिशतले बढी हो । बैंकको वितरणयोग्य मुनाफा १ अर्ब २३ करोड ३ लाख रुपैयाँ छ । 

बैंकको प्रतिशेयर आम्दानी १.८१ रुपैयाँले घटेर १६.५४ रुपैयाँ कायम भएको छ । बैंकको प्रतिशेयर नेटवर्थ १८८.५९ रुपैयाँ रहेको छ । यता मूल्य आम्दानी अनुपात २६.६० गुणा रहेको वित्तीय विवरणमा छ ।

बैंकको चुक्ता पुँजी १० अर्ब ८९ करोड ९१ लाख रुपैयाँको छ । बैंकले जगेडा कोषमा ९ अर्ब ६५ करोड ६० लाख रुपैयाँ सञ्चित छ । 

गत आर्थिक वर्षमा बैंकले १ खर्ब ९९ अर्ब ६० करोड ३४ लाख रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ३४ अर्ब ९६ करोड ५७ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

प्रकाशित मिति : २९ श्रावण २०८२, बिहीबार  २ : ३६ बजे

जेन–जी शहीदका परिवार भेटेपछि भावुक बने रवि

काठमाडौँ – काठमाडौँ आइपुगे लगत्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते

नेकपा (संयुक्त) का प्रदेशस्तरीय बैठक सम्पन्न

काठमाडौं- नेकपा (संयुक्त) को प्रदेशस्तरीय बैठकहरु सम्पन्न भएका छन् ।

आमनिर्वाचन सफल पार्नुपर्छ : उपसभापति वाग्ले

म्याग्दी- राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णीम वाग्लेले देशको राजनीतिक अन्योल

सिरियामा अमेरिकी प्रतिशोधी कारबाही, ७० भन्दा बढी निशानामा आक्रमण

वाशिङ्टन डीसी– अमेरिकी सेनाले शुक्रबार सिरियामा ७० भन्दा बढी इस्लामिक