सांसद अमरेशकुमार सिंहको आरोप- ‘भाउजू’का कारण डा. रामेशले देश छाडेर जानुपर्‍यो | Khabarhub Khabarhub

सांसद अमरेशकुमार सिंहको आरोप- ‘भाउजू’का कारण डा. रामेशले देश छाडेर जानुपर्‍यो

नेता, विचौलिया र निजामती कर्मचारीबाट देश लुटिएको जिकिर


२९ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


723
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले देशलाई नेता, विचौलिया र सरकारका निजामती कर्मचारीले लुटेको आरोप लगाएका छन्।

बिहीबार बसेको प्रतिनिधिसभाको बैठकको विशेष समयमा बोल्दै उनले यस्तो लुटकै कारण देशको अवस्था बिग्रिएको बताएका हुन्।

उनले एमबीबीएस पढ्न कम्तीमा साढे पाँच वर्ष लाग्ने र बीए पढ्न चार वर्ष लाग्ने उदाहरण दिँदै दुवै पेशाका व्यक्तिको तलब समान हुनु न्यायोचित नभएको टिप्पणी गरे।

‘त्यो त क्षम्य होला,’ सिंहले भने, ‘तर नेताको चाकडी गर्ने प्रशासन सेवाका मान्छेलाई नेताले देश लुट्न छुट दिएका छन्, अनि पछि संवैधानिक पदमा नियुक्त गर्छन्।’

उनले हालै प्रशासनिक कर्मचारीबाट गरिएका विवादकै कारण संसद्को राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाको पद गुमेको उल्लेख गरे।

उनले कांग्रेस नेतृ एवम् परराष्ट्रमन्त्री डा. आरजु राणालाई भाउजूको संज्ञा दिँदै उनका देवरहरूका रुपमा महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा चित्रित गरे । दुवै महामन्त्रीनिकट भनिएका अब्बल चिकित्सक डा. रामेश कोइराला गंगालाल हृदयरोग केन्द्रबाट राजीनामा दिएर अमेरिका गएको दाबी पनि उनले गरे।

सिंहले स्वास्थ्य मन्त्रालयमा कांग्रेसको भागबाट प्रदीप पौडेल मन्त्री भए पनि पैसाको आधारमा अर्कैलाई नियुक्ति दिइएको आरोप लगाए ।

त्यसकै कारण गंगालाल अस्पतालका डा. रामेश कोइराला विदेश पलायन भएका उनको तर्क थियो । ‘आज भाउजूहरूका कारण डा. रामेश जस्ता अब्बल चिकित्सकले देश छाडेर हिँड्नु भएको छ,’ उनले भने ।

प्रकाशित मिति : २९ श्रावण २०८२, बिहीबार  ३ : ४४ बजे

व्यवस्थापन परीक्षणको कार्यान्वयनलाई प्रभावकारी बनाउन मन्त्री न्यौपानेको निर्देशन

काठमाडौं– सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले सङ्घीय, प्रदेश

सूर्यदर्शनको बचत हिनामिना : रविसहितको मुद्दामा सकिएन सुनुवाइ, अर्को बिहीबार बाँकी बहस हुने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित सात जनाविरुद्ध दायर

एक डाक्टर विदेशिएपछि सामाजिक सञ्जालमा तरंग !

काठमाडौं– एक डाक्टरले देश छोडेको हल्लाले सामाजिक सञ्जाल तातेको छ

राष्ट्रपतिसमक्ष विभिन्न मुलुकका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि विभिन्न मुलुकका नवनियुक्त राजदूतहरूले