सभापति देउवाले भने- विकेन्द्रीकरणको पहिलो प्रवक्ता हुन् गान्धी | Khabarhub Khabarhub

सभापति देउवाले भने- विकेन्द्रीकरणको पहिलो प्रवक्ता हुन् गान्धी


१५ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले महात्मा गान्धी गाउँलाई प्राथमिकतामा राखेर विकास गर्नुपर्छ भन्ने विकेन्द्रीकरणको पहिलो प्रवक्ता भएको बताएका छन् ।

एक सय ५०औँ गान्धी जयन्ती तथा अन्तर्राष्ट्रिय अहिंसा दिवसका अवसरमा महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानले आयोजना गरेको अन्तरक्रियामा उनले आज गाउँमा सुविधा नपाएर शहरमा जनसङ्ख्याको चाप बढेको उल्लेख गर्दै यसबारेमा गान्धीको दूरदर्शी विचार रहेको बताए ।

आन्दोलनका क्रममा गान्धीले चर्खाबाट आफैँ कपडा उत्पादन गरी अङ्ग्रेजले उत्पादन गरेका कपडा बहिष्कार गरेको र शान्ति तथा अहिंसाकै माध्यमबाट शक्तिशाली अङ्ग्रेज शासकलाई भारतबाट हटाउन सफल भएको प्रसङ्गसमेत सभापति देउवाले उल्लेख गरे ।

कार्यक्रममा काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गान्धीले मानव हृदयलाई प्रभावमा पारेर समाजमा परिवर्तन ल्याउन सफल भएको र विश्वलाई शान्तिको पथमा हिँड्ने प्रेरणा दिएको उल्लेख गरे । उनले काँग्रेसले शान्ति र अहिंसाकै माध्यमबाटै माओवादीको सशस्त्र द्वन्द्वको समाधान गर्न नेतृत्वदायी भूमिका निर्वाह गरेको बताए ।

प्रकाशित मिति : १५ आश्विन २०७६, बुधबार  ७ : २१ बजे

गण्डकी प्रदेशस्तरीय क्रिकेट : तनहुँ र स्याङ्जा विजयी

कास्की – पोखरा रङ्गशालाको क्रिकेट मैदानमा सञ्चालन भइरहेको गण्डकी प्रदेशस्तरीय

अहमदावाद विमान दुर्घटनाः दोस्रो ‘ब्ल्याक बक्स’ पनि भेटियो

अहमदावाद – भारतको अहमदाबाद शहरको आवासीय क्षेत्रमा बिहीबार दुर्घटनाग्रस्त विमानको

गर्मी बढेपछि बर्दिवासका विद्यालय तीन दिन बन्द

जलेश्वर – विगत केही दिनदेखि एक्कासी गर्मी बढेपछि महोत्तरीको बर्दिवास

मङ्गलसेन नगरपालिकाको फोहोर सामुदायिक वनमा

अछाम – अछामको मङ्गलसेन नगरपालिकाले आफ्न्नो नगरको फोहोरको व्यवस्थापन गर्न

जहाँ जाऊ लागिरहन्छ माया देशको…

काठमाडौं – “मेरो बाउबाजे नेपाल आउन नपाई संसार त्याग्नुभयो, म