काठमाडौं– परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले ७९ औँ स्वतन्त्रता दिवसको अवसरमा भारतलाई शुभकामना दिएकी छन् ।
शुक्रबार समकक्षी डा. एस. जयशंकरलाई सम्बोधन गर्दै राणाले त्यहाँस्थित सरकार र जनताप्रति स्वतन्त्रता दिवसको शुभकामना दिएकी हुन् ।
समकक्षी डा. एस जयशङ्करलाई सम्बोधन गर्दै राणाले नेपालले भारतसँगको आफ्नो लामो र दिगो साझेदारीलाई अधिक महत्व दिएको उल्लेख गरेकी छन् ।
‘भारतको स्वतन्त्रता दिवसमा हामी भारतका जनताको समृद्धि, एकता र सद्भावको निरन्तरता चाहन्छौँ’, परराष्ट्रमन्त्री राणाले एक्समा लेखेकी छन्, ‘भारत विश्वभरका देशलाई प्रेरणा दिँदै लोकतन्त्रको चम्किलो उदाहरण रहिरहोस् ।’
प्रतिक्रिया