प्रधानमन्त्री ओलीले मधेस प्रदेश प्रहरी कार्यालय भवन उद्‌घाटन गर्दै « Khabarhub

प्रधानमन्त्री ओलीले मधेस प्रदेश प्रहरी कार्यालय भवन उद्‌घाटन गर्दै


३० श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

धनुषा– प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा आज मधेस प्रदेश प्रहरी कार्यालयको नवनिर्मित भवन उद्‌घाटन गर्ने कार्यक्रम छ । 

जनकपुरधाम उपमहानगरपालिका–४ मा करिब रु २३ करोड १० लाख ४३ हजार ४०७ को लागतमा प्रदेश प्रहरी कार्यालय निर्माण गरिएको भवन प्रधानमन्त्रीले उद्‌घाटन गर्ने कार्यक्रम रहेको मधेस प्रदेश गृह, सञ्चार तथा कानुन मन्त्रालयका प्रवक्ता गणेश नायकले जानकारी दिए । 
    
विसं २०८० असोज १० निर्माण सम्झौता भई भवन निर्माण सुरु भएको थियो ।  प्रधानमन्त्री ओलीले आजै महोत्तरीको सोनमा गाउँपालिकामा कालोपत्र सडक निर्माणको शिलान्यास गर्ने कार्यक्रमसमेत रहेको पूर्वाधार विकास कार्यालय जलेश्वरका प्रमुख राजेलाल कर्णले जानकारी दिए । 

प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको साझेदारी तथा विश्व बैंकको ऋण सहयोगमा सञ्चालित प्रादेशिक तथा स्थानीय सडक सुधार आयोजनाअन्तर्गत महोत्तरीको हुलाकी राजमार्ग रघुनाथपुर बजार–सोनमा–तरहारी–सुन्दरपुर खण्डको आठ दशमलव ३८४ किलोमिटर सडक कालोपत्र गर्न लागिएको हो ।

विसं २०८३ चैत ११ गतेभित्र सम्पन्न गर्नुपर्ने यस परियोजनाको कूल रु ३४ करोड ६९ लाख ५० हजार ६१६ रहेको छ । विश्व बैंकको ऋण सहयोगबाट निर्माण हुने यो सडक रु १९ करोड सात लाख ८३ हजार ६१८ मा ठेक्का सम्झौता भएको छ । 

यस योजनाअन्तर्गत प्रदेशका २१ स्थानीय तहका केन्द्रहरूलाई पक्की सडक सञ्जालसँग जोडिने छ । 

प्रकाशित मिति : ३० श्रावण २०८२, शुक्रबार  ११ : ४४ बजे

परराष्ट्रमन्त्री खनालसँग नेपालका लागि फ्रान्सका राजदूत पुइगिन्जाको शिष्टाचार भेट

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि फ्रान्सकी नवनियुक्त राजदूत

गैरदलीय निर्वाचन र प्रवासको मतदान अधिकारको मागसहित उज्यालो नेपाल पार्टी निर्वाचन आयोग जाँदै

काठमाडाैँ – उज्यालो नेपाल पार्टीले गैरदलीय स्थानीय निर्वाचनको व्यवस्था गर्न

बाँकेमा कालानमक धानको संरक्षण गरिँदै

बाँके– सुगन्धित र स्वादिलो कालानमक जातको धानको बाँकेमा संरक्षण गर्न

हेटौँडाको बस्ती विकास इतिहासको साक्षी वनदेवी मन्दिर

बागमती– नागस्वतीस्थित वनदेवी मन्दिर हेटौँडाको बस्ती विकाससँग जोडिएको महत्वपूर्ण सम्पदास्थल हो

इजरायलको निर्वाचनमा नेतान्याहुको गठबन्धन अगाडि, बहुमतबाट टाढा

एजेन्सी– इजरायलको आमनिर्वाचनमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको गठबन्धनले अग्रता लिए पनि संसद्मा