हात्तीको आक्रमणबाट घाइते महिलाको मृत्यु « Khabarhub

हात्तीको आक्रमणबाट घाइते महिलाको मृत्यु


३० श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

दमक– जङ्गली हात्तीको आक्रमणमा परी घाइते भएकी झापाको दमक नगरपालिका–१ कि महिलाको मृत्यु भएको छ ।

यही साउन ११ गते दमक–१ को बरगाछीस्थित सडकमा बिहान ४ः३० बजे ‘मर्निङ वाक’मा जाँदै गर्दा जङ्गली हात्तीको आक्रमणमा परी घाइते भएकी ४६ वर्षीया सुनिता राईको उपचारका क्रममा शुक्रबार बिहान विराटनगरस्थित न्युरो अस्पतालमा मृत्यु भएको हो ।

बिहान करिब ४ः१५ बजे सुनितासँगै उनकी बहिनी कविता राईलाई हात्तीले आक्रमण गरी घाइते बनाएको थियो ।

प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक नवीन राईका अनुसार हात्तीको आक्रमणबाट घाइते दुवैलाई दमक अस्पतालमा उपचारपछि विराटनगर पठाइएको थियो । 

घाइते कविताको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३० श्रावण २०८२, शुक्रबार  २ : २५ बजे

अमेरिका-इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती

एजेन्सी– अमेरिकाले ‘स्ट्रेट अफ हर्मुज’ मा व्यावसायिक कार्गो जहाजमाथि इरानले

कति राम्रो ‘हेलम्बु हिमालयन ग्रेट ट्रेल’ (तस्बिरहरू)

काठमाडौं- सिन्धुपाल्चोकको हेलम्बु पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आकर्षक गन्तव्यका

अपराध अनुसन्धानलाई व्यावसायिक र नतिजामुखी बनाउन मुख्यमन्त्री शाहको जोड

घोडाघोडी- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक र राज्यको सुरक्षा सुनिश्चित

भेनेजुएलाको भूकम्पमा विदेशी नागरिक पनि प्रभावित

एजेन्सी– भेनेजुएलामा बुधबार गएको दुई शक्तिशाली भूकम्पमा मृत्यु हुनेको सङ्ख्या

नाडाको ५०औँ स्थापना दिवसमा ‘५० वर्षको सहयात्रा’ वाकाथन आयोजना

काठमाडौं- नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले आफ्नो ५०औँ स्थापना