चक्रे मिलनलाई भक्तपुरमा पनि राहत, एक लाख १० हजार धरौटीमा छाड्न आदेश | Khabarhub Khabarhub

चक्रे मिलनलाई भक्तपुरमा पनि राहत, एक लाख १० हजार धरौटीमा छाड्न आदेश


३० श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


318
Shares
  • change font
  • change font
  • change font

भक्तपुर- कुटपिटसम्बन्धी एक मुद्दामा मिलन गुरुङ उर्फ चक्रे मिलनलाई जिल्ला अदालत भक्तपुरले एक लाख १० हजार धरौटीमा छाड्न आदेश दिएको छ ।

जिल्ला न्यायाधीश रामप्रसाद न्यौपानेको इजलासले कुटपिटसम्बन्धी उक्त मुद्दामा धरौटी लिएर पुर्पक्षमा छाड्न आदेश दिएको छ ।

एक वर्षअघिको ज्यान मार्ने उद्योगको एउटा कसुरको मुद्दामा चक्रे मिलनविरुद्ध जिल्ला अदालत भक्तपुरमा मुद्दा दर्ता भएको थियो । चक्रेसहितका व्यक्तिहरूलाई प्रतिवादी बनाउँदै प्रहरी वृत्त थिमिमा परेको जाहेरीका आधारमा काठमाडौंबाट छुटेलगत्तै समातेर लगिएको थियो ।

यससँगै चक्रे मिलनलाई काठमाडौं र भक्तपुर दुवै जिल्लामा चलाइएको मुद्दामा राहत मिलेको हो । यसअघि २८ साउनमा काठमाडौं जिल्ला अदालतले उनी र जितबहादुर लामासहित १९ जनालाई जनही ३० हजार धरौटीमा छाड्ने आदेश दिएको थियो ।

जन्मदिन मनाउने नाममा सडकमा तामझामसहित उत्रिएका चक्रे मिलनसहित ४७ जनालाई प्रहरीले पक्राउ गरेको थियो । जसमा १९ जनालाई अभद्र व्यवहारसम्बन्धी मुद्दामा जिल्ला अदालत काठमाडौंका न्यायाधीश खिमानन्द भुसालले धरौटीमा छाड्न आदेश दिइसकेको छ ।

उनी काठमाडौंबाट धरौटीमा छुटेपछि कुटपिटसम्बन्धी मुद्दा अघि बढाउन भक्तपुर लगिएको थियो ।

जिल्ला प्रहरी परिसर काठमाडौं र उपत्यका अपराध अनुसन्धान कार्यालयको संयुक्त अपरेशनमा राजधानीका ठमेल र महाराजगञ्जबाट आपराधिक गतिविधिमा संलग्न ४७ जनामध्ये १९ जनालाई अभद्र व्यवहारसम्बन्धी मुद्दा चलाइएको थियो ।

गत साउन १६ गते मिलन गुरुङ उर्फ चक्रे मिलन र जितबहादुर लामासहितलाई प्रहरीले पक्राउ गरेर मुद्दा चलाएको थियो ।

चक्रे मिलनको जन्मदिन मनाउने क्रममा महाराजगञ्जस्थित होटल साम्बालामा आयोजित जन्मदिन समारोहमा हो-हल्ला र तामझाम गरेको थाहा पाएपछि प्रहरीको छापा मारेर उनीहरूलाई समातेको थियो ।

चक्रे मिलनले होटल साम्बाला जाँदा पनि सडकमा तामझाम देखाएका थिए । सडकमा सवारी साधन अवरुद्ध हुने गरि उनले गरेको तामझामपछि प्रहरी सतर्क भएको थियो। चक्रे मिलनको टोलीले दर्जनौँ गाडी एकसाथ सडकमा निकालेर जन्मदिनको र्‍याली नै निकालेका थिए।

कयौँ वर्षदेखि आपराधिक गतिविधिमा संलग्न चक्रे मिलनलाई प्रहरीले विशेष निगरानीमा राख्दै आएको थियो। उनीसँग शत्रुतापूर्ण सम्बन्ध रहेका दीपक मनाङे अहिले जेलमा छन् ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी विश्व अधिकारी नेतृत्वको यो कारबाहीमा चक्रे मिलनसहित उनका सहयोगीहरू समातिएका थिए । प्रहरीले ठमेलको दोहोरी साँझबाट युवराज गुरुङ उर्फ सानुभाइ पनि पक्राउ गरेको थियो। उनी प्रहरी इन्काउन्टरमा मारिएका कुमार श्रेष्ठ ‘घैँटे’का सहयोगीमध्ये एक थिए ।

उनीहरूले पछिल्लो समय ठमेल र महाराजगञ्जका रेष्टुरेन्ट र नाइट क्लबमा बसेर धम्की दिन थालेका थिए । त्यसैगरि हप्ता असुली, झगडा र गुण्डागर्दीसहितका आपराधिक क्रियाकलापमा उनीहरूको संलग्नता देखिन थालेको प्रहरीले जनाएको थियो ।

चक्रे मिलन पटक–पटक यसअघि कयौँ पटक समातिएका व्यक्ति हुन् । तर उनले कानुनी राहत पाउँदै रिहा हुन्थे । यस पटक पनि उनलाई अदालतले राहत दिँदै छाडिदिएको हो ।

उनी साउन १६ अघि २०७४ सालमा महाराजगञ्जबाट पक्राउ परेका थिए । २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा उनलाई नेकपा एमालेले गोरखा क्षेत्र नम्बर २ बाट उम्मेदवार पनि सिफारिस गरेको थियो ।

प्रकाशित मिति : ३० श्रावण २०८२, शुक्रबार  ३ : २१ बजे

जाजरकोट भूकम्प : तीन हजार बढी घर प्रबलीकरण गर्न सकिने

काठमाडौं– जाजरकोट भूकम्पबाट क्षतिग्रस्त निजी आवासहरूको प्रबलीकरण सम्बन्धमा विस्तृत क्षति

पेस्तोल, म्यग्जिन र सात राउण्ड गोलीसहित एक जना पक्राउ

काठमाडौं– प्रहरीले काठमाडौँ महानगरपालिका–१६ चमतीबाट अटोकेटिक पेस्तोल, दुई थान म्याग्जिन

नेपालगञ्जमा गोली हानेर लागूऔषध कारोबारी पक्राउ

नेपालगञ्ज– बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाको बसपार्कमा आज प्रहरीले गोली हानेर लागूऔषध खैरो

भारतीय दूतावासले उपप्रधानमन्त्री सिंहको प्रमुख आतिथ्यतामा मनायो ७९औँ स्वतन्त्रता दिवस 

काठमाडौं– नेपालस्थित भारतीय दुतावासले उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान

खानेपानीमन्त्री यादव र भारत सरकारका विज्ञ टोलीबीच छलफल

काठमाडौं– खानेपानीमन्त्री प्रदीप यादव र भारत सरकारका विज्ञ टोलीबीच तराई-मधेसको खानेपानीसम्बन्धी