काठमाडौं– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले नेपाली कांग्रेस र नेकपा एमालेको संयुक्त सरकारलाई विस्तार गरेर मन्त्रिमण्डल १४ सदस्यीय बनाएका हुन् ।
मुख्यमन्त्री बानियाँले सांसदहरू कञ्चनचन्द्र वादे, सुरेश श्रेष्ठ, उर्मिला नेपाल र बिनु रायमाझीलाई मन्त्री बनाएका हुन् । बानियाँको सिफारिसअनुसार प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले उनीहरूलाई मन्त्री पदमा नियुक्त गरेका छन् ।
मन्त्री बनेकाहरूमध्ये वादे कांग्रेसबाट काभ्रे प्रदेश निर्वाचन क्षेत्र २ (ख) बाट, श्रेष्ठ भक्तपुर प्रदेश निर्वाचन क्षेत्र १ (क) बाट र तामाङ रसुवाको प्रदेश निर्वाचन क्षेत्र १ (क) बाट निर्वाचित सांसद हुन् ।
यस्तै कांग्रेस केन्द्रीय सस्दय नेपाल ललितपुरबाट र रायमाझी चितवनबाट समानुपातिकतर्फका सांसद हुन् । उनीहरूलाई मन्त्रात्रयसमेत तोकेर शुकबार नै शपथ ग्रहण गराइँदैछ । अपराह्न ४ बजे नवनियुक्त मन्त्रीहरूको शपथ हुनेछ । उनीहरू सबै बहादुरसिंह लामालाई हटाउन बानियाँलाई साथ दिएका सांसद हुन् ।
गठबन्धन सरकारमा कांग्रेसबाट मुख्यमन्त्रीसहित ८ जना सरकारमा सहभागी भएका छन् । एमालेबाट ६ जनाले मन्त्रालयको जिम्मेवारी पाएका छन् । यसअघि नै कांग्रेसबाट मुख्यमन्त्री र अन्य दुईजना मन्त्रीमा नियुक्ति भएका थिए ।
गत साउन २० गते नियुक्त सांसद कृष्णकुमार तामाङलाई खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री बनाइएको थियो। शिवराज अधिकारीलाई बिनाविभागीय थिए । उनलाई शुक्रबार आन्तरिक मामिला तथा कानून मन्त्री बनाइएको छ ।
कसलाई कुन मन्त्रालय ?
(१) इन्द्रबहादुर बानियाँ : मुख्यमन्त्री – मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
(२) मधुसूधन पौडेल : मन्त्री, कृषि तथा पशुपन्छी विकास मन्त्रालय
(३) शिवराज अधिकारी : मन्त्री, आन्तरिक मामिला तथा कानून मन्त्रालय
(४) किरण थापामगर : मन्त्री, स्वास्थ्य मन्त्रालय
(५) उर्मिला नेपाल : मन्त्री, युवा तथा खेलकुद मन्त्रालय
(६) कन्चनचन्द्र वादे : मन्त्री, सामाजिक बिकास मन्त्रालय
(७) डा. दिनेशचन्द्र देवकोटा : मन्त्री, भौतिक पूर्वाधार विकास मन्त्रालय
(८) प्रभात तामाङ : मन्त्री, आर्थिक मामिला तथा योजना मन्त्रालय
(९) भरतबहादुर केसी : मन्त्री, वन तथा वातावरण मन्त्रालय
(१०) सुरेश श्रेष्ठ मन्त्री, संस्कृति तथा पर्यटन मन्त्रालय
(११) जयराम थापा मन्त्री : श्रम, रोजगार तथा यातायात मन्त्रालय
(१२) कृष्णकुमार तामाङ : मन्त्री, खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय
(१३) विन्दु श्रेष्ठ : मन्त्री उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय
(१४) विनु रायमाझी : पौडेल मन्त्री, सहकारी तथा गरिबी निवारण मन्त्रालय
प्रतिक्रिया