माबिलुङ्ग इनर्जीको आइपीओमा २ अर्ब ६६ करोडको आवेदन  « Khabarhub

माबिलुङ्ग इनर्जीको आइपीओमा २ अर्ब ६६ करोडको आवेदन 


३० श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– माबिलुङ्ग इनर्जी लिमिटेडले सर्वसाधारणका लागि जारी गरेको साधारण शेयर (आईपीओ) मा २ अर्ब ६६ करोड ६७ लाख १७ हजार रुपैयाँको आवेदन परेको छ । 

सीडिएसका अनुसार आईपीओमा २३ लाख २५ हजार २५६ जनाले २ करोड ६६ लाख ६७ हजार १७० कित्ताका लागि आवेदन दिएका छन् ।

कम्पनीले सर्वसाधारणलाई साउन २६ गतेदेखि आईपीओ बिक्री गरेको थियो ।

कम्पनीले आफ्नो जारी पूँजी ३८ करोड ५८ लाख २४ हजार रुपैयाँको ४८.९९९८ प्रतिशत अर्थात् १८ करोड ९० लाख ५३ हजार रकम बराबरको १०० रुपैयाँका दरले १८ लाख ९० हजार ५३० कित्ता आईपीओ निष्कासन गरेको हो ।

जसमध्ये जारी पुँजीको १० प्रतिशत अर्थात् ३ करोड ८५ लाख ८२ हजार ४०० रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँका दरले ३ लाख ८५ हजार ८२४ कित्ता आईपीओ आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई वितरण गरेको छ ।

साथै, आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूलाई शेयर बाँडफाँड गरे पश्चात् बाँकी सर्वसाधारणलाई १५ करोड ४ लाख ७० हजार ७०० रुपैयाँ रुपैयाँ बराबरको शेयर प्रतिकित्ता १०० रुपैयाँका दरले आईपीओ खुलेको हो ।

१५ लाख ४ हजार ७०६ कित्ता शेयरमध्ये १ लाख ५० हजार ४७१ कित्ता (१० प्रतिशत) विदेशमा रोजगारी गरिरहेका नेपालीहरूका लागि ३० हजार ९५ कित्ता (२ प्रतिशत) कर्मचारीहरूलाई र ७५ हजार २३६ कित्ता (५ प्रतिशत) सामूहिक लगानी कोषको लागि सुरक्षित गरेको थियो । बचेको बाँकी १२ लाख ४८ हजार ९०४ कित्ता आईपीओ सर्वसाधारणमा बिक्री गरेको थियो ।

प्रकाशित मिति : ३० श्रावण २०८२, शुक्रबार  ४ : ४१ बजे

बास खोसिएका सुकुम्वासीको गाँस पनि खोसियो, पिउने पानीसमेत पाएनन्

काठमाडौं– कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा राखिएका सुकुम्वासी र अव्यवस्थित बसोबासीले आधारभूत

राष्ट्रियसभामा बजेटमाथि छलफल 

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको

स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासँग जर्मनीको सङ्घीय आर्थिक

काठमाडौं महानगरको १०१ बुँदे नीति तथा कार्यक्रममाथि छलफल 

काठमाडौं– काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको नीति

विश्व यात्रा गरेको ‘अलोका’ भिक्षुहरूसँगै नेपाल आइपुग्यो, शान्ति यात्राको प्रतीक बन्दै

काठमाडौं- कुनैबेला भारतको सडकमा बेवारिसे अवस्थामा भेटिएको एक कुकुर अहिले