‘देशलाई नयाँ अवस्थामा अगाडी बढाउने उद्देश्यका साथ सरकार लागिपरेको छ’ « Khabarhub

‘देशलाई नयाँ अवस्थामा अगाडी बढाउने उद्देश्यका साथ सरकार लागिपरेको छ’


३० श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई नयाँ अवस्थामा अगाडी बढाउने उद्देश्यका साथ सरकार लागिपरेको बताएका छन् ।  

शुक्रबार जनकपुरमा मधेश प्रदेश प्रहरी कार्यालयको नवनिर्मित भवन उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले पहिलेको अवस्थामा नभई नयाँ अवस्थामा देशलाई अगाडी बढाउने उद्देश्यका साथ सरकार लागिपरेको बताएका हुन् ।

उनले भ्रष्टाचार नियन्त्रण र जनतालाई छिटो छरितो सेवा सुविधा उपलब्ध गराएर सुशासन कायम गर्न गर्नुपर्नेमा जोड दिए । 

अपराध अनुसन्धान र नियन्त्रण लगायत थुप्रै कामहरूमा नेपाल प्रहरीले ध्यान दिनुपर्ने उनले बताए । 

प्रधानमन्त्री ओलीले लागू औषध नियन्त्रणमा मधेश प्रदेशले विशेष ध्यान दिनुपर्ने उल्लेख गरे ।

उनले शान्ति सुव्यवस्था स्थापना गर्न र जनतालाई प्रारम्भिक न्याय दिने काममा प्रहरी प्रशासनले विशेष ध्यान दिने विश्वास व्यक्त गरे । 

मधेस प्रदेश सरकारको करिब २३ करोड १० लाख ४३ हजार रुपैयाँको लागतमा निर्माण भएको सुविधा सम्पन्न उक्त भवनमा ६८ वटा कोठा रहेको प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ ।

प्रकाशित मिति : ३० श्रावण २०८२, शुक्रबार  ४ : ४४ बजे

नेपाल भलिबल लिगमा सहभागी हुने फ्रेन्चाइज भलिबल टीमको नाम सार्वजनिक

काठमाडौं– नेपाल भलिबल लिग (एनभीएल)मा सहभागी हुने फ्रेन्चाइज भलिबल टीमको

भेनेजुएला भूकम्प : ज्यान गुमाउनेको सङ्ख्या १ सय ६४ पुग्यो, ९ सय ७१ घाइते

काठमाडौं- दक्षिण अमेरिकी मुलुक भेनेजुएलामा गएको विनाशकारी भूकम्पका कारण ज्यान

नेपालका लागि चीनको चार बुँदे ‘रोड म्याप’ले भारतमा चर्चा पायो

काठमाडौं- चीनले नेपालसँगको सम्बन्धलाई लिएर चार सूत्रीय रोडम्याप प्रस्तुत गरेको

अवैध लागूऔषध खैरो हेरोइनसहित दुईजना पक्राउ

कञ्चनपुर– कृष्णपुर नगरपालिका-५ कलौनी चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ

प्रदेशसभा खारेज गर्ने रास्वपाको निर्णय फिर्ता लिन आजपाको माग 

काठमाडौं– सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले चितवन महाधिवेशनबाट प्रदेशसभा