‍प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले आईपीओ ल्याउने  | Khabarhub Khabarhub

‍प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले आईपीओ ल्याउने 


३० श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । इन्स्योरेन्सले २२ लाख ५० हजार कित्ताको आइपीओ ल्याउने भएको हो । 

कम्पनीले शेयर निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । 

लक्ष्मी सन्राइज क्यापिटलका  तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजय लाल श्रेष्ठ र इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नरेशकुमार रोकाले सम्झौता पत्रमा हस्ताक्षर भएको छ । 

इन्स्योरेन्स निर्जीवन लघुबीमा कम्पनीको हो । यसले २०८० जेठ ८ गतेदेखि लघु निर्जीवनबीमा सम्बन्धी व्यवसाय सञ्चालन गर्ने स्वीकृति पाएको थियो । 

कम्पनीले २०८० असार ३१ देखि लघु निर्जीवन बीमालेख जारी गर्दै आइरहेको छ ।

हाल कम्पनीले सात वटै प्रदेशमा गरी ३३ वटा कार्यालयहरू मार्फत निर्जीवन लघुबीमा सेवा प्रदान गर्दै आएको छ ।

प्रकाशित मिति : ३० श्रावण २०८२, शुक्रबार  ४ : ५८ बजे

एमाले केन्द्रीय कमिटी बैठकको दोस्रो दिन

काठमाडौं – नेकपा (एमाले) केन्द्रीय कमिटीको बैठक जारी छ। बिहीबार

बजेट अभावमा ‘आमा सुरक्षा कार्यक्रम’ प्रभावित

काभ्रेपलाञ्चोक – बजेट अभावका कारण बनेपास्थित शिर मेमोरियल अस्पतालमा सञ्चालित

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय समिति बैठक बिहीबार दिउँसो बस्दै

सञ्चार सुविधा नहुँदा पर्यटकलाई सास्ती

बेनी – अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार

आज देशभर मौसम सफा रहने

काठमाडौं – जल तथा मौसम विज्ञान विभागले हाल देशभर कुनै