सुवर्णको निधनपछि वैद्यविहीन बन्यो पशुपति आर्यघाट | Khabarhub Khabarhub

सुवर्णको निधनपछि वैद्यविहीन बन्यो पशुपति आर्यघाट

वैद्य नियुक्त गर्ने कोष अख्तियारको चक्कर काट्दै


३० श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


360
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – घाटेवैद्य सुवर्ण वैद्यको निधनपछि पशुपतिमा रहेको पशुपति आर्यघाट सेवा केन्द्र यतिखेर अस्तव्यस्त बनेको छ ।

बिरामीहरूले राम्रो सेवा पाउन नसकेको गुनासो गरेका छन् भने कर्मचारीहरूले काम गर्ने वातावरण नभएको बताएका छन् ।

वि.सं. २०५२ सालदेखि पशुपति आर्यघाट सेवा केन्द्र स्थापना गरी सेवा दिँदै आएका वैद्यको गत असार ८ गते सवारी दुर्घटनामा निधन भएको थियो ।

बुवाको निधनपछि छोरा शैलेन्द्र वैद्यले आफूलाई आधिकारिक वैद्य मान्दै केन्द्रमा आएर बिरामीहरूको उपचार गरिरहेको बताएका छन् । तर, पशुपति विकास कोषले उनलाई नियुक्त गरेको छैन ।

नेपालको पहिलो वैद्य भनेर चिनिने मिलन वैद्यले सुरु गरेको यो पेशा पुस्तान्तरण हुँदै सुवर्ण वैद्यसम्म पुगेको हो । सुवर्णको निधनपछि उनका छोरा शैलेन्द्रले पाउने भए पनि नियम अनुसार पशुपति विकास कोषले नियुक्त नगरी उनले दाबी गर्न नपाउने त्यहाँका एक कर्मचारीले बताए ।

ती कर्मचारीका अनुसार; कोषका कर्मचारी अहिले आफैँ अख्तियार दुरुपयोग अनुसन्धान आयोगको चक्कर काटिरहेका छन् । त्यसैले एक महिनादेखि घाटे वैद्यको उपचार सेवा पाइने केन्द्र पनि अस्तव्यस्त हालतमा छ ।

पशुपति क्षेत्र विकास कोषले सेवा केन्द्रलाई बेवास्ता गरेको सुवर्णका छोरा शैलेन्द्रको गुनासो छ । खबरहबसँग कुरा गर्दै उनले भने, ‘सेवा केन्द्र सञ्चालनका लागि कोषले केही सहयोग गरेको छैन । सरसफाइ गर्नुपर्छ, त्यसका लागि कर्मचारी छैनन् । साँझ परेपछि लुटपाटका घटना हुन्छन्, प्रहरी प्रशासन मौन छ ।’

४०–५० जना सफाइ कर्मचारी भए पनि सबैजना मन्दिरभित्र मात्रै खटिने गरेका उनले बताए ।

पशुपति आर्यघाट सेवा केन्द्र र घाटेवैद्य

अन्तिम अवस्थामा घाटमा आएका बिरामीहरूलाई निःशुल्क सेवा दिने उद्देश्यले चन्द्र शमशेरकै पालादेखि केन्द्र सञ्चालनमा ल्याइएको थियो ।

केन्द्रमा अन्तिम अवस्थाका बिरामीहरू तथा ‘पशुपतिमै गएर मर्छु’ भनी इच्छा राखेका बिरामीहरूलाई ल्याउने गरिन्छ ।

अन्तिम संस्कारका लागि बह्मनालमा सुताइएका व्यक्ति घाटेवैद्यको उपचारले निको भएर १० वर्ष बाँचेको इतिहास पनि छ ।

पशुपति क्षेत्र विकास कोषको भवनमा सञ्चालित केन्द्रमा सुवर्ण वैद्यका पुर्खाहरूले सेवा दिँदै आएका थिए । पिता भरत वैद्य हुँदै सुवर्णसम्मले त्यहाँ सेवा दिएका हुन् ।

गत असार ५ गते राति जय बागेश्वरीमा मचाः ती जात्रामा सहभागी भइ निवासतर्फ जाने क्रममा सुवर्णलाई ट्याक्सीले ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते भएका सुवर्णको उपचार क्रममा सिनामङ्गलस्थित केएमसी अस्पतालमा असार ८ गते मृत्यु भएको थियो ।

उनको निधनले सेवा केन्द्रलाई अपूरणीय क्षति पुगेको त्यहाँ कार्यरत नर्स कल्याणी बिष्ट बताउँछिन् ।

उनका अनुसार; बाँच्ने अन्तिम आशा बोकेर केन्द्रमा आउनेमध्ये चार प्रतिशतसम्म बिरामी स्वास्थ्यलाभ गरी फर्कने गरेका थिए ।

प्रकाशित मिति : ३० श्रावण २०८२, शुक्रबार  ६ : ०३ बजे

सिँचाइका रुग्ण ठेक्का तोड्न सुरु : बबई आयोजनाका ६ वटा ठेक्का तोडिंदै

काठमाडौं – ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षौंदेखि अलपत्र

अधिकारीलाई ‘वेस्ट प्रिन्सिपल अवार्ड २०२५’

लन्डन – डा. रमेश अधिकारी ‘वेस्ट प्रिन्सिपल अवार्ड २०२५’बाट सम्मानित

एमाले केन्द्रीय कमिटी बैठकको दोस्रो दिन

काठमाडौं – नेकपा (एमाले) केन्द्रीय कमिटीको बैठक जारी छ। बिहीबार

बजेट अभावमा ‘आमा सुरक्षा कार्यक्रम’ प्रभावित

काभ्रेपलाञ्चोक – बजेट अभावका कारण बनेपास्थित शिर मेमोरियल अस्पतालमा सञ्चालित

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय समिति बैठक बिहीबार दिउँसो बस्दै