टप एन्ड टी–२० सिरिज: नेपाल ४२ रनले पराजित « Khabarhub

टप एन्ड टी–२० सिरिज: नेपाल ४२ रनले पराजित


३० श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


498
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजमा नेपाल घरेलु टोली नर्दर्न टेरिटोरी स्ट्राइकसँग ४२ रनले पराजित भएको छ। १७८ रनको लक्ष्य पछ्याउँदै ब्याटिङमा उत्रिएको नेपाल २० ओभरमा ८ विकेट गुमाउँदै १३५ रनमा रोकियो।

नेपालका ओपनर फेरि निराशाजनक रहे। कुसल भुर्तेल ८, आसिफ शेख ११ र लोकेश बम शून्य रनमा आउट भए। कप्तान रोहित पौडेलले २३, कुशल मल्लले ३४, दीपेन्द्र सिंह ऐरीले १९ र गुल्शन झाले २६ रनको योगदान दिए। सोमपाल कामी १ रनमै आउट हुँदा रुपेश सिंह ८ तथा सन्दीप लामिछाने २ रनमा नटआउट रहे। बलिङतर्फ म्याट ह्यामन्डले ३ विकेट लिँदा थोमस एन्ड्रयूज र केन रिचडेसनले २–२ विकेट हात पारे।

यसअघि टस जितेर फिल्डिङ रोजेको नेपालले नर्दर्न टेरिटोरीलाई २० ओभरमा ८ विकेटमा १७७ रनमै सीमित पारेको थियो। डिआर्सी सर्टले ३४ बलमा ७ चौका र १ छक्कासहित ५१ रन बनाए।

थोमस एन्ड्रयूजले ३२, जोर्डन सिल्कले १९, कोनर क्यारोलले १८ र क्याडेल म्याकमोहनले १२ रन जोडे। नेपालका लागि सन्दीप लामिछानेले ३, साहब आलमले २ तथा रुपेश सिंह, दीपेन्द्र सिंह ऐरी र रोहित पौडेलले समान एक–एक विकेट लिए।

प्रकाशित मिति : ३० श्रावण २०८२, शुक्रबार  ८ : ३८ बजे

दशैंपछि मुक्तिनाथ मन्दिरमा दर्शनार्थी बढे

मुस्ताङ – हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको धार्मिक साझा तीर्थस्थल मुक्तिनाथ

बङ्गलादेशमा एकै दिनमा दुई हजारभन्दा बढीमा डेङ्गु सङ्क्रमण

ढाका – बङ्गलादेशमा आइतबार बिहानसम्मको २४ घण्टामा दुई हजार २४९

एनपीएल हेर्न ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणलाई लक्षित गर्दै

दसैँमा ६४२ चेलीले लिए निःशुल्क यातायात सेवा

खोटाङ – जिल्लामा क्रियाशील युवा समूहले सञ्चालन गरेको ‘दसैँ, तिहार,

कर्णालीमा सवारी कारबाहीबाट १२ दिनमा १२ लाख राजस्व सङ्कलन

कर्णाली – कर्णाली प्रदेशमा सवारी कारबाहीबाट १२ दिनमा रु १२