संखुवासभाको सभापोखरीका चारसय घरमा खानेपानीको पहुँच | Khabarhub Khabarhub

संखुवासभाको सभापोखरीका चारसय घरमा खानेपानीको पहुँच


३१ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सङ्खुवासभा– सङ्खुवासभाको सभापोखरी गाउँपालिका–१ र २ वडाका ४०० घरधुरीमा ‘एक घर, एक धारा’ को पहुँच पुगेको छ । सभापोखरी गाउँपालिकाले दातृ निकायका सहयोगमा सञ्चालित परियोजना अन्तर्गत हालसम्म ७२८ घरधुरीमध्ये ४०० घरमा धारा जडान भइसकेको हो ।

पहिले कुवा वा अन्य प्राकृतिक मुहानबाट पानी भर्ने बाध्यता रहेकोमा अहिले भने घरमै धारा जडान भएपछि स्थानीयवासीलाई सहज भएको छ । दैनिक दुई घण्टा पानीको जोहोमा समय बिताउने धुपुकी मञ्जु शर्मा अहिले घरमै पानी प्रयोग गर्न पाउँदा खुसी छिन् ।

त्यस्तै धुपुकै अर्का स्थानीय केदार अधिकारीले पहिले एक गाग्री पानी ल्याउन तीन घण्टा लाग्ने गरेको स्मरण गरे । उनले अहिले बिहान–बेलुकी घरमै पानी आउँदा समयको वचत भएको बताए । धुपुका तीन मुहानमा ट्याङ्की निर्माण गरी पाइपमार्फत पानी आपूर्ति गरिएको छ । प्रयोगकर्ताले मासिक ५० रुपैयाँ तीर्ने व्यवस्था गरिएको छ । यसबाट सञ्चालन र मर्मत खर्च व्यवस्थापन हुने जनाइएको छ ।

परियोजनाअन्तर्गत ६ विद्यालयसमेतमा ट्याङ्कीसहित धारा जडान गरेको छ । यसले विद्यार्थीलाई सरसफाइको अभ्यासमा पनि टेवा पुगेको छ ।

स्थानीयवासी सुनिता राईका अनुसार परियोजनापछि महिलाको श्रमभार घट्नुका साथै बालबालिकाको विद्यालय उपस्थिति पनि नियमित भएको छ । पहिले पानीको कारण विद्यालय छुटाउने विद्यार्थी अहिले समयमा पुग्ने गरेको उनले बताइन् ।

परियोजना दिगो बनाउने उद्देश्यले स्थानीय युवालाई पम्प जडान र पाइप मर्मतलगायत प्राविधिक तालिम दिइएको छ । यो परियोजनाको अनुमानित लागत तीन करोड ८२ लाख ३५ हजार रुपैयाँ रहेको छ । अन्य वडासमेतमा परियोजना विस्तार गर्ने तयारी भइरहेको जनाइएको छ । (रासस)

प्रकाशित मिति : ३१ श्रावण २०८२, शनिबार  ७ : १६ बजे

टप एन्ड टी२० : नेपाल बङ्गलादेश ‘ए’सँग पनि पराजित

काठमाडौं – अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी ‘टप एन्ड टी–२०’ सिरिजमा

धरानमा ‘कोरा राइड साइक्लिङ च्यालेञ्ज’

धरान– पेडलर्स धरानको आयोजनामा यहाँ ‘कोरा राइड साइक्लिङ च्यालेञ्ज’ सम्पन्न

‘सहकारी ऐन, २०७४ मा नमिलेका विषय संशोधनबाट मिलाइने’

काठमाडौं– भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारी

बस्तीमा बाढी पस्दा १० घर डुबानमा

सिन्धुली– यहाँको दुधौली नगरपालिका– १ गिचिहानीको बस्तीमा बाढी पसेपछि १०

आजका समाचार : रविलाई नख्खु कारागारमा स्थानान्तरण, कांग्रेसलाई महाधिवेशन चाँडै गर्न दबाब र पुटिन–ट्रम्प वार्ता उपलब्धिमूलक

समर्थकलाई छल्दै नख्खु पुर्‍याइयो रविलाईराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति