हल्लेखर्क र कुरमुनीमा खानेपानी सुविधा विस्तार | Khabarhub Khabarhub

हल्लेखर्क र कुरमुनीमा खानेपानी सुविधा विस्तार


३१ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ हल्लेखर्क र कुरमुनी टोलका ४० घरमा ‘एक घर, एक धारा’ सहितको खानेपानी सुविधा विस्तार भएको छ । 

गण्डकी प्रदेश सरकारको विशेष अनुदानमा अन्नपूर्ण गाउँपालिकाले सञ्चालन गरेको बैसरी–हल्लेखर्क–पोखरेबगर खानेपानी योजनामार्फत २४ र गण्डकी प्रदेश सरकारको बजेटबाट खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयले कुरमुनीका १६ घरमा खानेपानी वितरण गरेको हो । 

अन्नपूर्ण गाउँपालिका–६ का वडाध्यक्ष रामबहादुर खड्काले करिब रु ४० लाखको लागतमा हल्लेखर्क र कुरमुनीका ४० घरपरिवारलाई फरक-फरक योजनामार्फत मिटर जडित निजी धारामार्फत घरघरमा खानेपानी वितरण भएको जानकारी दिए । 

‘करिब रु २९ लाख बजेटमा सुन्दर सेवा निर्माण प्रालि पोखराले हल्लेखर्क र बैसरीमा निर्माण गरेको २७ मध्ये २४ वटा धारामा खानेपानी सञ्चालन भएको छ’, उनले भने, ‘पाइपलाइन नपुगेकाले यसपालि पानी वितरण नभएका बैसरीका तीन र पोखरेबगरका ९८ धारामा नयाँ आर्थिक वर्षको बजेटबाट पानी वितरण गर्ने व्यवस्था मिलाउँछौँ ।’ 

धाराका साथै १०÷१० हजार लिटर क्षमताको दुई वटा रिजर्भ ट्याङ्की, दुई वटा डिसी निर्माण भएको छ । खरीको मुहानबाट यसअघि नै ल्याइएको पानीलाई ट्याङ्कीमा हालेर व्यवस्थित हिसाबले वितरणको व्यवस्था मिलाइएको हो । 

घरघरमा खानेपानी आपूर्ति भएपछि पानी ओसार्दा हुने झञ्जट हट्नुका साथै समयको बचत भएको हल्लेखर्कका बासिन्दा देवी खड्काले बताउनुभयो । यसअघि खानेपानी आपूर्ति नियमित नहुने र वितरण व्यवस्थित नहुँदा उपभोक्तालाई सास्ती थियो । 

कुरमुनीमा प्रदेश सरकारको रु १० लाख बजेटबाट १० हजार लिटर क्षमताको रिजर्भ ट्याङ्की निर्माण गरेर १६ घरमा पाइपलाइन विस्तार र मिटर जडान गरेर खानेपानी वितरण भएको छ । घरघरमा धारा बनाउन गाउँपालिकाले चालु आर्थिक वर्ष २०८२-८३ मा दुई लाख विनियोजन गरेको वडा अध्यक्ष खड्काले बताए। 

कूल एक करोड १९ लाख लागत अनुमान गरिएको बैसरी–हल्लेखर्क–पोखरेबगर खानेपानी योजनाले पूर्णता पाएमा एक सय २५ घरपरिवार लाभान्वित हुनेछन् । बैसरी र अन्नपूर्ण गाउँपालिकाको केन्द्र रहेको पोखरेबगरमा नयाँ आर्थिक वर्षमा खानेपानी वितरण गर्ने लक्ष्य छ । बैसरीमा यसअघि नै खानेपानी सङ्कलन गर्ने रिजर्भ ट्यांकी निर्माण भएको छ । 

प्रकाशित मिति : ३१ श्रावण २०८२, शनिबार  १२ : ५९ बजे

रौतहटमा मेला उद्घाटन गर्ने विषयमा विवाद हुँदा झडप, पाँचजना घाइते

रौतहट – रौतहटको देवाहीगोनाही नगरपालिकामा मेला उद्घाटन गर्ने विषयलाई लिएर

विप्लव भन्छन् : युवामा निराशा बाँडेर पुँजीवादीले फाइदा उठाउँदैछन्

कर्णाली – नेपाल कम्युनिष्ट पाटीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले युवा

इलाममा दुईवटा बेलिब्रिज निर्माण, स्थानीयलाई राहत

इलाम –इलाममा एक वर्षमा दुईवटा बेलिब्रिज निर्माण गरिएका छन् ।

चन्द्रनहरमा डुबेर एक जनाको मृत्यु

सप्तरी – जिल्लाको कञ्चनरुप नगरपालिका–८ चाँदनी चोक नजिक चन्द्रनहरमा डुबेर

तनहुँ जलविद्युत् आयोजना समयमा सम्पन्न गर्न सहजीकरण गर्छौं : मुख्यमन्त्री पाण्डे

तनहुँ – गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले तनहुँ जलविद्युत् आयोजना