नख्खु कारागारलाई थाहा छैन, कति बजे आइपुग्छन् रवि लामिछाने | Khabarhub Khabarhub

नख्खु कारागारलाई थाहा छैन, कति बजे आइपुग्छन् रवि लामिछाने


३१ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


765
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई शनिबार नख्खु कारागारमा सरुवा गरेर ल्याउने भनिए पनि समय एकीन नभएको नख्खु कारागार स्रोतले जनाएको छ ।

लामिछानेले कारागार विभागमा दिएको निवेदनका आधारमा शुक्रबार सरुवा गर्ने निर्णय भएको कारागार व्यवस्थापन विभागकी निर्देशक कल्पना घिमिरे नेपालले जानकारी दिइन् ।

‘कारागार विभागले लामिछानेलाई सरुवा गर्ने निर्णय गरिसकेको छ तर कति बजे, कहिले ल्याउने कुरा सरुवा गर्ने र सरुवा भई आउने कारागारको समन्वयमा निर्णय हुन्छ ।’ निर्देशक नेपालले भनिन्, ‘सुरक्षाको अवस्था हेरेर दुई कारागारबीचको सहमतिमा ल्याइन्छ ।’

नख्खु कारागारका प्रहरी निरीक्षक नेत्रबहादुर कुँवरले ‘टाइम फिक्स’ नभएको प्रतिक्रिया दिए । उनले थप जानकारीका लागि ललितपुर प्रहरी परिसरका प्रवक्ता एसपी चक्रराज जोशीसँग जानकारी लिन अनुरोध गरे । एसपी जोशीले लामिछानेलाई ल्याउने निर्णय भए पनि त्यसबारे थप जानकारी नभएको बताए । उनले कारागार प्रशासनसँगै जवाफ माग्न अनुरोध गरे ।

लामिछाने गत चैत २५ देखि उच्च अदालत बुटवलको आदेशमा रुपन्देही कारागारमा छन् । रास्वपाले लामिछानेविरुद्ध राजनीतिक प्रतिशोध साँधिएको भन्दै हस्ताक्षर अभियान चलाइरहेको छ । कारागार सरुवा हुने भएपछि लामिछानेलाई स्वागत गर्न रास्वपा समर्थितहरू नख्खु कारागार पुग्ने बताइएको छ ।

प्रकाशित मिति : ३१ श्रावण २०८२, शनिबार  १ : ३२ बजे

रौतहटमा मेला उद्घाटन गर्ने विषयमा विवाद हुँदा झडप, पाँचजना घाइते

रौतहट – रौतहटको देवाहीगोनाही नगरपालिकामा मेला उद्घाटन गर्ने विषयलाई लिएर

विप्लव भन्छन् : युवामा निराशा बाँडेर पुँजीवादीले फाइदा उठाउँदैछन्

कर्णाली – नेपाल कम्युनिष्ट पाटीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले युवा

इलाममा दुईवटा बेलिब्रिज निर्माण, स्थानीयलाई राहत

इलाम –इलाममा एक वर्षमा दुईवटा बेलिब्रिज निर्माण गरिएका छन् ।

चन्द्रनहरमा डुबेर एक जनाको मृत्यु

सप्तरी – जिल्लाको कञ्चनरुप नगरपालिका–८ चाँदनी चोक नजिक चन्द्रनहरमा डुबेर

तनहुँ जलविद्युत् आयोजना समयमा सम्पन्न गर्न सहजीकरण गर्छौं : मुख्यमन्त्री पाण्डे

तनहुँ – गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले तनहुँ जलविद्युत् आयोजना