काठमाडौं– राष्ट्रिय मुक्ति पार्टी नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक शनिबारदेखि केन्द्रीय कार्यालयमा सुरु भएको छ।
बैठकको प्रारम्भमै पार्टी अध्यक्ष राजेन्द्र महतोद्वारा ३० जनै केन्द्रीय पदाधिकारी र चार जना केन्द्रीय निकाय प्रमुखहरूलाई आ-आफ्नो मातृभाषामा पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन्।
नेपाली, मैथिली, भोजपुरी, तामाङ, नेपाल भाषा, गुरुङ, लिम्बू, बज्जिका, मगही, थारु, हिन्दी, मगर, अवधि, खस, उर्दु, राजवंशी लगायतको भाषा र आ-आफ्नै भेष-भूषामा पदाधिकारीहरूले शपथ ग्रहण गरेका छन्।
बैठकमा समसामयिक राजनीतिक परिस्थिति, विगतका केन्द्रीय समितिका निर्णयहरूको कार्यान्वयनको समीक्षा, संगठन विस्तार तथा जिम्मेवारी निर्धारण सम्बन्धमा, विचार मिल्ने पार्टी र संगठनहरुसंग कार्यगत एकतार मोर्चावन्दी गर्ने सम्बन्धमा, पार्टी र बहुलराष्ट्रवादको संरचनाबीचको अन्तर्सम्बन्ध बारे कार्यविधि, प्रशिक्षक प्रशिक्षण कार्यक्रम सम्बन्धी एजेन्डाहरू प्रस्तुत गरिएको छ। आजदेखि चार पाँच दिनसम्म लगातार बैठक जारी रहनेछ।
प्रतिक्रिया