‘सहकारी ऐन, २०७४ मा नमिलेका विषय संशोधनबाट मिलाइने’ | Khabarhub Khabarhub

‘सहकारी ऐन, २०७४ मा नमिलेका विषय संशोधनबाट मिलाइने’


३१ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारी ऐन, २०७४ मा नमिलेका विषय मिलाउन ऐन संशोधन गरिनुपर्ने बताएका छन् ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ लिमिटेड (नेफ्स्कुन) को ३८औँ स्थापना दिवसका अवसरमा शनिबार आयोजित कार्यक्रममा उनले सहकारी ऐनमा नमिलेका विषयले यो क्षेत्रलाई व्यवस्थापन गर्न समस्या भएकाले ऐन संशोधनको आवश्यकता औँल्याए । 

तीन खम्बे अर्थतन्त्रको सहकारी महत्त्वपूर्ण खम्बा भएकाले यसलाई सक्षम र सशक्त बनाइनुपर्ने मन्त्री अधिकारीले धारणा राखे । वडा, पालिका र जिल्लामा कति सहकारी आवश्यक हो, त्यो पहिचान गरेर दर्ता गरिनुपर्ने बताउँदै उनले तरलताको व्यवस्थापनमा सहकारी क्षेत्र लाग्नुपर्नेमा जोड दिए । 

सहकारी नियमन प्राधिकरण, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले काम गरिरहेको बताउँदै बदनाम भएका सहकारीको अभिलेख तयार पार्न सरोकार भएका निकायलाई मन्त्री अधिकारीले निर्देशन दिए ।

समितिका अध्यक्ष श्रीमनकुमार गौतमले सरकारले घोषणा गरेका समस्याग्रस्त २३ सहकारीमध्ये तीन वटाको हिसाबकिताब राफसाफ गरी बचतकर्ताको सबै बचत रकम फिर्ता गरिएको उल्लेख गरे ।

कार्यक्रममा सहकारी महासङ्घका अध्यक्ष ओमदेवी मल्ल, नेफ्स्कुनका अध्यक्ष चन्द्र ढकाललगायत वक्ताले सहकारी क्षेत्रमा देखिएका समस्या समाधानका लागि आवश्यक छलफल र पहल भइरहेको बताएका थिए ।

प्रकाशित मिति : ३१ श्रावण २०८२, शनिबार  ७ : ५६ बजे

इंग्लिस प्रिमियर लिग : बर्नलीविरुद्ध टोटनहमको जित

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा टोटनहमले सुखद सुरुवात गरेको छ

पूर्वाधार विकाससहित दुईवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत रहेको दुईवटा संसदीय समितिका बैठक बस्दै

यी भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

युएई सरकार दियो १२० नेपालीलाई आममाफी

काठमाडौं – संयुक्त अरब इमिरेट्स (युएई) सरकारले विभिन्न कसुरमा जेलमा

भारतका विदेश सचिव मिस्री आज नेपाल आउँदै

काठमाडौं – भारतका विदेश सचिव विक्रम मिस्री आइतबा नेपाल भ्रमणमा