टप एन्ड टी२० : नेपाल बङ्गलादेश ‘ए’सँग पनि पराजित « Khabarhub

टप एन्ड टी२० : नेपाल बङ्गलादेश ‘ए’सँग पनि पराजित


३१ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


657
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी ‘टप एन्ड टी–२०’ सिरिजमा नेपाल बङ्गलादेश ‘ए’ टोलीसँग पराजित भएको छ । नेपालको यो लगातार दोस्रो हार हो । यसअघि शुक्रबार भएको पहिलो खेलमा नेपाल एनटी स्ट्राइकसँग ४२ रनले पराजित भएको थियो ।

अस्ट्रेलियाको डार्विनस्थित मरारा क्रिकेट मैदान–२ मा आज भएको खेलमा नेपाल बङ्गलादेशसँग २९ रनले पराजित भएको हो । बङ्गलादेशले जितका लागि दिएको १८४ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १५४ रनमा समेटियो ।

नेपालका लागि कुशल मल्लले सर्वाधिक ५९ रनको योगदान दिए । उनले ४७ बलमा छ चौका र एक छक्काको सहयोगमा अविजित ५९ रनको योगदान गरेका हुन् । आसिफ शेखले २४ बलमा २८ रन बनाउँदा लोकेश बमले १० बलमा तीन चौका प्रहार गर्दै १५ रन बनाए भने कप्तान रोहित पौडेलले १० रन जोडे ।

बलिङतर्फ राकिबुल हसनले तीन विकेट लिए भने सेफ हसन, रिपोन मण्डल र मृत्युन्जय चौधरीले समान एक/एक विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बङ्गलादेशले निर्धारित २० ओभरमा छ विकेट गुमाएर १८३ रनको योगफल बनाएको थियो ।

बङ्गलादेशका लागि ओपनर जिशाद आलमले सर्वाधिक ७१ रन बनाए भने अफिफ होसेनले अविजित ४८ रन बनाए । नेपालका लागि रिजन ढकालले दुई विकेट लिए भने नन्दन यादव, करण केसी र सन्दीप लामिछानेले समान एक÷एक विकेट लिए ।

प्रकाशित मिति : ३१ श्रावण २०८२, शनिबार  ८ : १८ बजे

जेन-जी विद्रोहको अपनत्व लिँदै कांग्रेसको घोषणा : हामी बदलियौँ, अब देशको परिवेश बदल्छौँ

काठमाडौं- नेपाली कांग्रेसले फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनका लागि जारी

निर्वाचनलाई निष्पक्ष र धाँधलीरहित बनाउन खबरदारी (तस्बिरहरू)

काठमाडौं– फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई निष्पक्ष र धाँधलीरहित

रामवीरपछि रसुवाका एमाले नेता जनार्दन ढकाल पनि कांग्रेसतिर

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग सम्बन्ध बिग्रिएपछि निष्क्रिय

शिक्षामा कांग्रेसको नीति : बजेटको २० प्रतिशत लगानी गर्ने, निजी शिक्षामा मौन

काठमाडौं– नेपाली कांग्रेसले शिक्षामा बजेटको २० प्रतिशत लगानी गर्ने नीति

कांग्रेसको प्रतिज्ञा पत्र : मध्यम वर्गलाई राहत, युवालाई ५० लाखसम्म ऋण

काठमाडौं- नेपाली कांग्रेसले फागुन २१ गते हुने निर्वाचनका लागि प्रतिज्ञा