मानव अङ्ग प्रत्यारोपण सम्बन्धी कानुनलाई खुकुलो बनाउँदा विकृति बढ्छ : मन्त्री पौडेल  « Khabarhub

मानव अङ्ग प्रत्यारोपण सम्बन्धी कानुनलाई खुकुलो बनाउँदा विकृति बढ्छ : मन्त्री पौडेल 


१ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले मानव अङ्गहरू प्रत्यारोपण सम्बन्धी कानुनलाई खुकुलो बनाउँदा विकृति बढ्न सक्ने बताएका छन् ।

आइतबार ललितपुरमा ब्रह्मकुमारी राजयोग सेवा केन्द्रले आयोजना गरेको ग्लोबल मेगा रक्तदान कार्यक्रमको शुभारम्भ गर्दै उनले मानव अङ्गहरू प्रत्यारोपण सम्बन्धी कानुनलाई खुकुलो बनाउँदा विकृति बढ्न सक्ने भएकाले खुकुलो बनाउन नसकिने बताएका हुन् । 

नेपालमा मिर्गौला, आँखा लगायतका प्रत्यारोपण गर्न मिल्ने ६ वटा मानव अङ्गहरू पर्याप्त मात्रामा प्राप्त हुने स्थिति नरहेको उनले बताए ।

उनले यदि मानव अङ्ग प्रत्यारोपणका लागि सहजै एकले अर्कोलाई दिन मिल्ने कानुन बनाउने हो भने यसले विकृति भित्र्याउने बताए । 

मान्छेको ब्रेन मरिसकेपछि मृत्यु भएको २४ घण्टाभित्र मानव अङ्गहरू झिकेर अर्को आवश्यक पर्ने व्यक्तिमा प्रत्यारोपण गर्न सकिने गरी इरानमा प्रयोग भइरहेको उनले बताए । 

एउटाले अर्काको सहयोग गर्नु नै मानव धर्म भएकोले संस्कारयुक्त संस्कृतिको विकास गर्न जरुरी रहेको मन्त्री पौडेलले बताए ।

प्रकाशित मिति : १ भाद्र २०८२, आइतबार  १ : ०७ बजे

बिलाउनीको झाडी फाँडेर सुन्तला बगान

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–७ दोवाटाका किसानहरूले बिलाउनीको झाडी फाँडेर सुन्तला

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को