निजी मेडिकल कलेजमा सिट वृद्धिको निर्णय तत्काल फिर्ता नलिए सत्याग्रह थाल्ने डा. केसीको चेतावनी  « Khabarhub

निजी मेडिकल कलेजमा सिट वृद्धिको निर्णय तत्काल फिर्ता नलिए सत्याग्रह थाल्ने डा. केसीको चेतावनी 


१ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


231
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चिकित्सा शिक्षा सुधार अभियन्ता डा. गोविन्द केसीले निजी मेडिकल तथा डेन्टल कलेजमा सिट वृद्धि गर्ने सरकारको निर्णयप्रति आपत्ति जनाउँदै तत्काल फिर्ता लिन माग गरेका छन् । 

शनिबार एक विज्ञप्ति जारी गर्दै डा. केसीले हालैको सिट बढाउने ‘गैर जिम्मेवार’सहित केही समययताका गलत निर्णय तथा फैसलाले चिकित्सा शिक्षा ऐनको अस्तित्व नै धरापमा परेको बताएका छन् । 

‘सिट बढाउने गैर जिम्मेवारपूर्ण निर्णय तुरुन्त फिर्ता लिन, शुल्क बढाउने कदम खारेज गर्न र आवासीय चिकित्सकहरूको निर्वाह भत्ता नेपाल सरकारका सरह गर्न, साथै विगतमा हामीले राखेका माग शीघ्र पूरा गर्न र हामीसित भएका सम्झौताहरू कार्यान्वयन गर्न जोडदार माग गरिन्छ,’ विज्ञप्तिमा उल्लेख छ ।

माग पूरा गर्न सरकारलाई उनले ‘केही समय’ दिएका छन् । माग पूरा नगरिए सत्याग्रहसहितको आन्दोलन थाल्ने उनले चेतावनी दिएका छन् ।

प्रकाशित मिति : १ भाद्र २०८२, आइतबार  १ : ३७ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना