मिलन चक्रे छुटेलगत्तै राजु गोर्खाली समातिए | Khabarhub Khabarhub

मिलन चक्रे छुटेलगत्तै राजु गोर्खाली समातिए


१ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पछिल्लो समय एकपछि अर्का गुण्डा नाइके र गुण्डागर्दीमा संलग्नमाथि धरपकड बढाइरहेको प्रहरीले आइतबार राजु गोर्खालीलाई पक्राउ गरेको छ ।

सिन्धुपाल्चोक निवासी गोर्खालीलाई जिल्ला प्रहरी परिसर काठमाडौंले बैंकिङ कसुरसम्बन्धी अभियोगमा पक्राउ गरेको हो ।

सिन्धुपाल्चोक कांग्रेसका नेतासमेत रहेका उनी यसअघि पनि दर्जनौँ पटक समातिएका व्यक्ति हुन् ।

२०७९ सालको प्रतिनिधिसभा चुनावमा उनलाई सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसले उम्मेदवारका रुपमा सिफारिस गरेको थियो ।

यसअघि गत १६ साउनमा अर्का गुण्डा नाइके चक्रे मिलनसहित ४७ जना पक्राउ परेका थिए । जसमध्ये १९ जनाविरुद्ध मुद्दा चलाइएको थियो ।

मुद्दा चलाइएकाहरूलाई काठमाडौं जिल्ला अदालतले २९ साउनमा जनही ३० हजार धरौटीमा छाड्न आदेश दिएको थियो ।

त्यसपछि कुटपिटसम्बन्धी एक मुद्दामा मिलन गुरुङ उर्फ चक्रे मिलनलाई ३० साउनमा जिल्ला अदालत भक्तपुरले एक लाख १० हजार धरौटीमा छाड्न आदेश दिएको थियो ।

प्रकाशित मिति : १ भाद्र २०८२, आइतबार  २ : २३ बजे

सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी तालिम सम्पन्न

काठमाडौं– सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सम्पत्ति शुद्धीकरण तथा आतंङ्कवादी

सञ्चारमाध्यमलाई सञ्चारमन्त्रीले भने- निर्वाचनमैत्री ‘कन्टेन्ट’ लाई प्राथमिकता दिनुस्

काठमाडौं– सरकारले घोषित मितिमै निर्वाचन सम्पन्न गरी मुलुकमा सुशासन कायम

बोर्ड उदार हुँदा ‘रोकिन’बाट जोगियो ‘जेरी अन टप’, ‘कोशेढुंगा’ प्रदर्शनमा प्रतिबन्ध लगाउने निर्णय

काठमाडौं – सेन्सर बोर्डले उदारता देखाउँदा नायक अनमोल केसी स्टारर

आईएफए २०२५ मा एलजीले जित्यो १३ प्रतिष्ठित पुरस्कार

काठमाडौं– एलजी इलेक्ट्रोनिक्सले आईएफए २०२५ मा उत्कृष्ट सफलता हासिल गरेको छ । आईएफए