टप टी-२० सिरिज : नेपालको लगातार तेस्रो हार, मेलबर्नसँग ३१ रनले पराजित « Khabarhub

टप टी-२० सिरिज : नेपालको लगातार तेस्रो हार, मेलबर्नसँग ३१ रनले पराजित


२ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


258
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अस्ट्रेलियामा जारी टप इन्ड टी–२० सिरिजमा नेपालले लगातार तेस्रो हारको सामना गरेको छ । सोमबार मेलबर्न स्टारसँग नेपाल ३१ रनले पराजित भएको हो । यसअघि नेपाल पहिलो खेलमा नर्दन टेरिटोरी स्ट्राइकसँग ४२ र दोस्रो खेलमा बंगलादेश ‘ए’ सँग ३२ रनले पराजित भएको थियो ।

यसअघि टस जितेर सुरुमा ब्याटिङ गरेको मेलबर्नले दिएको १७६ रनको लक्ष्य पछ्याउको नेपालले पूरै २० ओभर खेल्दै सात विकेटको क्षतिमा १४४ रन बनाएको हो।नेपालका लागि ओपनर आशिफ शेखले ४८ बलमा ५३ रन बनाउँदै अर्धशक बनाए।अर्का ओपनर कुशल भुर्तेलले १३ बलमा २५ रन बनाए भने कप्तान रोहित पौडेल ३१ बलमा ३३ रन बनाएर आउट भए ।

नेपालका भीम सार्की दुई बल खेल्दा एलबीडब्लु धरापमा परे भने दीपेन्द्रसिंह ऐरीले एक रन मात्र जोडे।कुशल मल्लले ११ बलको सामना गरेर मात्र ११ रन बनाए भने गुल्सन झाले तीन बलमा २ रन बनाएर आउट भए।नेपालका लागि आरिफ शेख भने ९ बलमा आठ रन बनाएर नटआउट रहे। मेलबर्नका लागि अस्टिन एनलेजार्क र डग वारेनले दुईदुई विकेट हात पारे।

यसअघि टस जितेर सुरुमा ब्याटिङ गरेको मेलबर्नले ७ विकेटको क्षतिमा १७५ रन बनाएको थियो।नेपालविरुद्ध मेलर्बनका थोमस रोजर्स र ब्लेक म्याकडोनाल्डले सानदार अर्धशतक बनाएका थिए।थोमसले ४६ बलमा ६५ रन बनाउँदा ब्लेकले ४७ बलमा ७४ रन जोडेका थिए।नेपालका लागि सन्दीप लामिछानेले तीन विकेट लिँदा सोमपाल कामी र साहब आलमले एकएक विकेट हात पारे।

नेपालले सिरिजमा योसँगै तीन खेल गुमाएको हो।पहिलो खेलमा नर्दन टेरिटोरी स्ट्राइकसँग ४२ रनले हारेको नेपाल, दोस्रो खेलमा बंगलादेश ‘ए’ सँग ३२ रनले पराजित भएको थियो।

प्रकाशित मिति : २ भाद्र २०८२, सोमबार  १० : ३५ बजे

रुपन्देहीमा गोली प्रहार, एक घाइतेसहित तीन जना पक्राउ

रुपन्देही – रुपन्देहीको देवदहमा पेस्तोलबाट गोली चलाएको अभियोगमा प्रहरीले एक

कांग्रेसको १५औँ महाधिवेशनमा पुगे एमाले महासचिव पोखरेल

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन नेकपा (एमाले)का महासचिव

एमाले संसदीय दलको बैठक च्यासलमा

काठमाडौँ – नेकपा (एमाले) संसदीय दलको बैठक सुरु भएको छ

काभ्रेमा कफीको व्यावसायिक विस्तार, बढ्दै आर्थिक सम्भावना

बनेपा– मुलुकको मध्यपहाडी क्षेत्रका पाखापखेरा कफी खेतीका निम्ति उपयुक्त मानिएका

अमेरिकी गाडी उद्योगमा उत्पादन र लगानी विस्तारको तयारी : राष्ट्रपति ट्रम्प

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो व्यापार नीतिले अमेरिकाको गाडी