इजरायलको आर्थिक वृद्धिदर घट्दै « Khabarhub

इजरायलको आर्थिक वृद्धिदर घट्दै


२ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

इजरायलको केन्द्रीय तथ्याङ्क ब्युरोले आइतबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार, देशको कुल गार्हस्थ उत्पादन (जीडीपी) सन् २०२५ को दोस्रो त्रैमासिकमा वार्षिक दरमा ३.५ प्रतिशतले घटेको छ ।

व्यवसाय क्षेत्र सबैभन्दा प्रभावित भएको देखिएको छ, जसले दोस्रो त्रैमासिकमा ६.२ प्रतिशतले गिरावट भोग्यो । पहिलो त्रैमासिकमा यो क्षेत्रमा ४.४ प्रतिशतको वृद्धि भएको थियो ।

निजी उपभोग खर्च लगातार दोस्रो त्रैमासिकमा पनि ४.१ प्रतिशतले घटेको छ भने भवन र उपकरणजस्ता स्थायी सम्पत्तिमा गरिएको लगानीमा १२.३ प्रतिशतको तीव्र गिरावट आएको छ ।

ब्युरोका अनुसार, जुन महिनामा इजरायल र इरानबीच भएको १२ दिन लामो युद्धले देशको आर्थिक गतिविधिमा गम्भीर अवरोध पुर्‍याएको थियो ।

यसअघि पहिलो त्रैमासिकमा इजरायलको जीडीपी वार्षिक ३.४ प्रतिशतले वृद्धि भएको थियो । तर जुलाईमा इजरायली केन्द्रीय बैङ्कले २०२५ का लागि आफ्नो जीडीपी वृद्धि पूर्वानुमान ३.५ प्रतिशतबाट घटाएर ३.३ प्रतिशतमा ल्याएको थियो ।

-रासस

प्रकाशित मिति : २ भाद्र २०८२, सोमबार  १२ : ४२ बजे

त्रिविलाई शिक्षामन्त्रीको निर्देशन : परीक्षा सकेको एक महिनाभित्र नतिजा प्रकाशन गर्नू

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले परीक्षा सम्पन्न भएको एक

२ बजेका लागि सारिएको कांग्रेस महाधिवेशनको मतदान अझै सुरु भएन

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि २ बजेबाट

गगनजीहरूले हरेक दिन विधान संशोधन गर्ने स्थिति देखियो : प्रकाशशरण महत

काठमाडौँ – नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले सभापति गगन थापा

मन्त्री बादी र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री

अस्ताए अद्भूत अभिनयका बादशाह नाना पाटेकर

काठमाडौं– पर्दामा उनी बोल्दा संवाद मात्र सुनिँदैनथ्यो, मानौं पात्रको रिस,