भारत र फिलिपिन्सको द्विपक्षीय सम्बन्ध रणनीतिक साझेदारीको स्तरमा विस्तार | Khabarhub Khabarhub

भारत र फिलिपिन्सको द्विपक्षीय सम्बन्ध रणनीतिक साझेदारीको स्तरमा विस्तार


२० श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारत र फिलिपिन्सले आफ्नो द्विपक्षीय सम्बन्धलाई रणनीतिक साझेदारीको स्तरमा विस्तार गरेका छन् । फिलिपिनी राष्ट्रपति फर्डिनान्ड मार्कोस जुनियरको भारत भ्रमणका क्रममा यस्तो घोषणा भएको हो ।

भारतको समाचार संस्था द प्रिन्टका अनुसार यो कदमपछि दुई देशबीच रक्षा, व्यापार र समुद्री सहयोग थप सुदृढ हुने अपेक्षा गरिएको छ । पछिल्लो समय दुई मुलुकबीच रक्षा, व्यापार, सूचना प्रविधि, नवीकरणीय ऊर्जाजस्ता क्षेत्रमा सहकार्य बढिरहेको अवस्थामा यो घोषणा भएको हो ।

पछिल्लो समय चीनले दक्षिण चीन सागरमा चीनले आफ्नो प्रभाव विस्तार गरिरहेको अवस्थामा भारत र फिलिपिन्सले रणनीतिक साझेदारीको घोषणा गरेका हुन् । यस कदमहरूले भारतको ‘एक्ट इस्ट’ नीतिलाई थप सुदृढ बनाउने विश्लेषकहरु बताउँछन् । यसबाट दक्षिणपूर्वी एसियामा भारतको उपस्थिती थप मजबुत हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २० श्रावण २०८२, मंगलबार  २ : २६ बजे

पार्टी स्थापना दिवस मनाउन एकीकृत समाजवादीको निर्देशन

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले मातहतका सबै जिल्ला कमिटीलाई

बसाइँसराइले रित्तिदै गाउँ

म्याग्दी – जिल्लाबाट वार्षिक दुई सय ५० परिवारका दरले अन्यत्र

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची 

काठमाडौं– सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे सङ्घीय

टप टी-२० सिरिज : पाकिस्तानसँग भिड्दै नेपाल

काठमाडौं – अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप इन्ड टी–२० सिरिजमा

बागतीमा जलसतह बढ्यो, सतर्कता अपनाउन आग्रह

काठमाडौं – काठमाडौंमा लगातारको वर्षापछि बागमती नदीमा जलसतह बढेको छ